बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति ¥याली

694 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नातिबाबु भट्ट
कोलोराडो, अमेरीका
DSC_0120२५ सय ६० औं बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोको डेनभर डाउनटाउनमा शान्ति ¥याली प्रदर्शन गरिएको छ ।
कोलोराडोमा सकृय संघ संस्थाको आयोजनामा, बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति ¥यालीको आयोजना गरिएको हो ।
शान्ति ¥याली सुरुहुनु अघि डाउनटाउन स्थित स्काईलाइन पार्कमा बौद्धगुरु अक्कल तमाङले बुद्धको बिशेष पुजा गरेका थिए । बिशेष पुजा पछि सोही स्थानबाट सुरु भएको ¥याली सिक्सटिन स्टिड महल हुदै सिविक सेन्टर पुगी पुःन स्काईलाईन पार्कमा आई कोण सभागरी बिसर्जन गरिएको थियो । ¥यालीमा सहभागीहरुले नेपालको झण्डा,बुद्धको प्रतिमा, बुद्धको तस्विर, ध्वजा पतंगा लिएर धिमे बाजाको तालमा नगर परिक्रमा गरेका थिए । ¥यालीको क्रममा स्थानीयहरुले ताली बजाएर तथा हात हल्लाएर समर्थन गरेका थिए ।
रकी माउण्टेन फ्रेन्डस् अफ नेपालको सकृयतमामा नेपाली घर, तमुधि कोलोराडो, तमुपेलु, एनआरएन, जनसंम्पर्क समिती, अन्तराष्ट्रिय साहित्य समाज, प्रवासी नेपाली मन्च, नेवा खःल, नेःवा डबु, बिआरटि नेपाल, संखुवा सभा समाज लगायतका संघ संस्थाहरुको आयोजनामा शान्ति¥याली सम्पन्न भएको हो ।
¥यालीपछिको कोण सभालाई रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमुधि अध्यक्ष चन्द्रबहादुर गुरुङ, एनआरएन अध्यक्ष बासुदेब खनाल, जनसंम्पर्क समितीका अध्यक्ष गणेशराज भण्डारी, संखुवा सभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, समाजसेवी अरुण गुरुङ बौद्ध गुरु अक्कल तमाङले ससम्बोधन गरेका थिए । उनीहरुले बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन आयोजित कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग पु¥याएकोमा सहभागी सबैलाई धन्यबाद दिएका थिए ।
कार्यक्रमको अन्तमा शान्ति ¥यालीलाई सफल पार्न सकृय रुपमा लागि परेको भन्दै बौद्धगुरु अक्कल तमाङले रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यलाई खादा पहि¥याई सम्मान गरेका थिए ।