सहयात्राका ९० वर्ष

700 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14022016080705Somnath-1000x0धादिङ- धादिङको एक जोडीको वैवाहिक जीवन सुरु भएको ९० वर्ष पुगेको छ ।

तत्कालीन मुरलीभञ्ज्याङ (हाल नगरपालिका) स्थित ९९ वर्षीय समाजसेवी सोमनाथ ढुंगानाले जेठी नन्दकुमारीलाई ७ वर्षकै उमेरमा छिमेकी गाउँ नलाङबाट कन्यादान लिए । कन्यादन लिए पनि सोमनाथलाई आफ्नो बिहे भएको (प्रणय सूत्र) मा बाँधिएको थाहै पाएनन् ।

ब्राहमण परिवारमा जन्मे–हुर्केका सोमनाथको खेती किसानी पनि थुप्रै थियो । सहयात्राका २८ वर्ष (आफू ३५ वर्ष पुग्दा) सम्म पनि सन्तान नभएपछि सोमनाथलाई सन्तानकै लागि अर्को विवाह गर्न पारिवारिक दबाब पर्‍यो । ३५ वर्षको हुँदा ढोला गाविसबाट ८ वर्षीया कलाकुमारीलाई पनि उनले भित्र्याए । कलाकुमारी अहिले ७३ वर्षकी भइन् ।
२०२१ सालमा चारधकामको तीर्थयात्रापछि माछा, मासु, घिउसमेत खान छोडेका सोमनाथ अहिले पनि तन्दुरुस्त छन् । कान्छी कलाकुमारीबाट २ छोरा र ४ छोरीका बाबु सोमनाथ जिल्लामा सहकारी, विद्यालय, स्थापना, मन्दिर निर्माणलगायत सामाजिक सेवाका संलग्न छन् इकान्तिपुरमा खबर छ ।

२०१८ देखि २०३१ सम्म लगातार मुरलीभञ्ज्याङ गाविसका प्रधानपञ्च भएका सोमनाथ ९० सालको भूकम्पका बेला १७ वर्षका थिए । भूकम्पको ५ दिनपछि मास बेच्न छत्रेदेउराली, जीवनपुर हुँदै राजधानी पुग्दा मास नबिकेर फर्केको सोमनाथ स्मरण गर्छन् ।

त्यतिवेला ठोरी, हेटौंडाको भैंसे, आरुघाट पुगेर नुन ल्याउनुपर्ने अवस्था भोगेका सोमनाथले २०२१ मा किनेको रेडियो अझै सुन्छन् ।