वन्द रहेको बैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र छिट्टै सञ्चालनमा आउने

895 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

samiधादिङबेशी– बैदेशिक रोगजारीमा जान चाहनेहरुलाई आवश्यक सूचना तथा परामर्श दिनका लागि सञ्चालन गरिएको सूचना तथा परामर्श केन्द्र छिट्टै सञ्चालनमा आउने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वताउनु भएको छ ।
धादिङमा संचाचलित सुरक्षित आप्रवासन परियोजनाको बार्षिक समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै सहायक प्रजिअ अधिकारीले वन्द रहेको सूचना तथा परामर्श केन्द्र खोल्नका लागि पहल भईरहेको वताउनु भएको हो । श्रम तथा रोजगार मन्त्रालयले गृह मन्त्रालय संग समन्वय गरी संचालन गरिहेको सामि परियोजना अन्र्तगत जिल्ला प्रशासन कार्यालय धादिङको परिसर भित्र दुई बर्ष सञ्चालनमा रहेको सूचना तथा परामर्श केन्द्र प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीको टाडो निर्देशनमा तीन महिना अघि ताला लगाएर वन्द गरिएको छ ।
नेपाल सरकार र स्विस सरकारको द्धिपक्षिय सम्झौता एबं हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको साझेदारीमा चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङ र आवाज अभियान नेपालद्धारा जिल्लामा सञ्चालित सुरक्षित आप्रवास (सामी) परियोजनाको बिषयमा स्थानिय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा जिल्ला परियोजना समन्वय समितिको समिक्षा वैठक सम्पन्न भएको छ ।
वैठकमा सिड्स, सामी परियोजना संयोजक गंगा सुवेदीले आ.व ०७२÷०७३ मा सम्पन्न भएका क्रियाकलाप र वजेट साथै हाशिल भएका उपलव्धि र चुनौतीहरुको बिषयमा र आगामी आ.व ०७३÷०७४ मा स्विकृत कार्यक्रमको बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
वैठकमा सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी , प्रहरी उपरिक्षक शरद खत्री , जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाल , कोष तथा लेखा नियन्त्रक यज्ञ प्रसाद ढकाल , महिला विकास कार्यालयका ईश्वरी मल्ल , घरेलु तथा साना उद्योग विकास समिति प्रमुख विजयनाथ भट्राई,जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत यूवराज अर्याल , नीलकण्ठ नगरपालिका कार्यकारी अधिकृत देवराज चौलागाई लगाएतले फिल्ड तहमा भएका कामको प्रभाव राम्रो रहेका साथै सूचना र सिप बिनाको बैदेशीक रोजगारी फलदायि नहुने भएकोले सन्देशलाई दुर दराजमा लैजान आवश्यक रहेको भनाई राख्नु भएको थियो ।
सोही अवसरमा जिल्ला विकास समितिका योजना तथा अनुगमन अधिकृत यूवराज अर्यालले कार्यक्रमको अुनगमनमा फिल्डमा जाँदा देखिएको समस्यावाट आफु मर्माहित भएको यस्तो संबेदनशिल बिषयमा सबै निकायको हातेमालो जरुरी रहेकोले सामी परियोजना प्रभावकारी वनाउन जिल्ला विकास समितिवाट समेत विषेस योजना वनाउन आवश्यक रहेको महशुस भएको वताउनु भयो ।
कार्यक्रममा बिषयमा बोल्दै सहायक प्रजिअ अधिकारीले जिल्लाको सूचना केन्द्र बन्द हुने परिस्थीती आउनुमा चिन्ता व्यक्त गर्दै यथाशक्य चाडो सञ्चालनमा ल्याउन जिल्ला प्रसाशनले पहल गरिरहेकोले निकास दिनेमा बिश्वास गर्न उहाँले आग्रह गर्नु भएको थियो ।
कार्यक्रमको बिषयमा सहभागीवाट आएका जिज्ञासाहरुको बारेमा सामी जिल्ला परियोजना संयोजक कमल वहादुर रोकाय , सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र आवाज अभियान नेपालका अध्यक्ष केशव दुवाडीले स्पष्ट पार्नु हुदै आगामी दिनमा समन्वय र सहकार्यवाट परियोजनाको कार्यन्वयनमा प्रभावकारीता ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा स्थानिय विकास अधिकारी अर्यालले जिल्लाको बैदेशिक रोजगारीको अवस्थालाई सूरक्षित र वढी लाभदायि वनाउन लागत साझेदारी गर्न जिल्ला विकास समिति तयार रहेकोले सहयोगी निकायवाट उपयूक्त प्रस्तावको लागी आग्रह गर्दै सामीले धादिङ जिल्लामा गरेको योगदानको प्रशंसा गर्नु भएको थियो ।