नार्कोसीले थप्यो नया सुबिधा-रोजगारि खोज्न अब झन्  सजिलो

736 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिड्नी / संसार भरिका नेपाली भाषाका समाचार मुलक अनलाइनहरु सम्म यौटै ढोका बाट पुग्न सकिने व्यवस्था भएको नार्कोसी डट कम ले आफ्नो सेवा मा बिस्तार गरेको छ . अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो इन्टरनेट साइटले अब आफ्ना पाठक हरुलाई नेपाल भित्र र बाहिर रोजगारी खोज्न  सजिलो  हुने गरि रोजगारी संग सम्बन्धित साइटहरुलाइ यौटै ठाउँ मा ल्याई दिएको छ .

नेपाली भाषाका समाचार मुलक अनलाइन हरु को बृहत संजाल का रुपमा स्थापित भैसकेको नार्कोसी डट कम ले भदौको सुरुमै यो नया सुबिधा थपेको छ . नार्कोसी अनलाइन डटकमको इम्प्लोयमेन्ट आइकन http://narkosi.com/news/categoryNews/16/Employment मा जादा एकै पटक दर्जनौ रोजगार मुलक साइटहरुमा पुग्न सकिन्छ . यसबाट रोजगारदाता र रोजगारी खोज्नेहरु दुबैलाई फाइदा हुनेछ .

नार्कोसी डट कम का मुख्य कार्यकारी अधिकृत खेम शर्मा ले भने – आज को दुनिया मा रोजगारी आफैमा प्रत्यक्ष प्रभाव पार्ने खबर हुन गएको छ . तेसैले हामीले नार्कोसीमा यो आइकन प्राथमिकता मा राख्यौ . नार्कोसीमा रोजगार मुलक अनलाइन मात्रै होइन रोजगारी का अबशर प्रदान गर्ने रास्ट्रीय तथा अन्तरास्ट्रिय रोजगारदाता सस्थाका वेब साइटमा पनि पुग्न सकिन्छ . नार्कोसी डटकमले रोजगारदाता सस्था र व्यक्ति हरुलाई छुटेका  साइट भएमा [email protected]  इमेल प्राप्त भएमा थप्न सकिने बताएको छ .

विभिन्न अनलाइन समाचार पोर्टलमा प्रकाशित समाचार, विचार तथा सूचनाहरुलाई एउटै साइटमा उपलब्ध गराउँदै स्वदेश तथा विदेशमा रहेका नेपाली पाठक, स्रोता तथा दर्शकहरुलाई इच्छाअनुसारका समाचार, विचार तथा सूचनासम्म सजिलो पहुँच पुर्‍याउने उद्देश्यले बुनेशा इन्टरनेसनलले ‘नार्कोसी डटकम’ नामक अनलाइन समाचार पोर्टल सुरु गरेको हो  ।
अष्ट्रेलियामा रहेका सूचना प्रविधिविज्ञ तथा पत्रकारहरुको लामो अध्ययन तथा अनुसन्धानपछि उक्त समाचार पोर्टलको स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले बताए । उनका अनुसार यो पोर्टल आधुनिक सूचना प्रविधिमार्फत पाठकका रुचि अनुसारका समाचार र विचारसम्म सहज पहुँचको बाटो हो ।
स्वदेश र विदेशमा भएका नेपालीलाई नेपाली र अंग्रेजी भाषामा छिनछिनमा प्रकाशित हुने समाचार तथा सूचनाहरु एउटै साइटमा हेर्न सकिने, आफूले रोजेअनुसार रेडियो र भिडियो सुन्न र हेर्न सकिने गरी तयार गरिएकाले यो साइट सबैका लागि उपयोगी रहेको उनले बताए । प्रयोगकर्ताका समस्या र सुझावअनुसार आफ्ना सेवाहरु बिस्तार गर्ने उनले बताए ।

‘लोकतन्त्रको स्थापनापछि नेपालमा सञ्चारमाध्यमको तीब्र विकास भएको छ । सूचना र समाचारहरु उत्पादनमा नेपालका आम सञ्चार माध्यमहरुले निकै मेहनत गरेका छन् तर लक्षित पाठकसम्म पुग्न निकै कठिनाइ छ’, शर्माले भने– ‘त्यस्ता पाठकहरुलाई पनि थोरै समयमा धेरै समाचार पढ्नु परेको छ । पाठकले चाहेको र आवश्यक भएको सूचना कसरी छान्ने ? आमसञ्चार माध्यम आफ्ना लक्षित पाठकसम्म कसरी पुग्ने ? नार्कोसीको पहल यही अप्ठ्यारोलाई सजिलोमा बदल्ने माध्यम हो ।’
यो एक शुद्ध समाचार पोर्टल हो वा त्यस्तो इन्टरनेट साइट हो जसले अरु समाचार साइटसम्म पुग्ने सजिलो बाटो वा लिंक दिन्छ । आमसञ्चारका पाठकलाई मात्र होइन, यो नेपालका आमसञ्चार माध्यमको अनुगमन गर्ने संस्थाहरुलाई समेत निकै उपयोगी छ ।

उनले अगाडि भने– ‘नार्कोसी सञ्चार माध्यम, सञ्चार माध्यमका अनुगमनकारी संस्था र उपभोक्ता सबैबीचको पुल हो । कोही नितान्त निजी होस् वा सार्वजनिक जिम्मेवारीमा सबैलाई सूचना र समाचारको निकै महत्व हुन्छ । अझै समसामयिक विचार र विश्लेषणहरुले सबैलाई मार्गनिर्देश गरिरहेका हुन्छन् । सञ्चार माध्यमहरुमा छरिएर रहेका समाचार सजिलैसँग कसरी पढ्ने, विचारहरु कसरी संग्रह गर्ने भन्ने अप्ठ्यारोको नार्कोसीले अन्त्य गरेको छ ।’

संघीय गणतन्त्र नेपालका नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्बाचित भएको ४८ घण्टामा एक हजार अाेटा नेपाली भाषाका समाचार नर्कोसी ले  संकलन गरेको थियो  ।
नेपाली भाषाका संसारभरिका सबै अनलाइन पढ्न सकिने ब्यबस्था बनाएको यो अनलाइन को  सार्बजनिक ब्यक्तित्व (पब्लिक फिगर ) भन्ने आइकनमा प्रधानमन्त्री दाहाल सम्बन्धि झन्डै एक हजार समाचारमुलक सामग्री थपिएका थिए  ।

नेपाली भाषाका बिश्वभरीका पाठकले नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालकाबारेमा बिशेष रुचिसाथ पढेकाले नार्कोसीको पब्लिक फिगर आइकनमा उनी पहिलो नम्बरमा उक्लेका छन् ।

उक्त आइकंनमा नेपालका राजनीतिक दलका नेताहरु , लोकप्रिय कलाकार तथा खेलाडीहरु र सामाजिक ब्यक्तित्वहरु बारेका समाचार सामाग्रीहरु जम्मा भएका छन् । यो आइकनमा समाचार मुलक नेपाली अनलाइनहरुमा सबैभन्दा बढी समाचार कभर गरिने ब्यक्तित्वहरु सुचिमा छन् । नेपालको प्रेस काउन्सिलको सुचिमा भएका सबै अनलाइनहरु नार्कोसीभित्र छन् । साथै यसको रिजन वाइज न्युज आइकनमा प्रबासमा भएका नेपाली भाषाका अनलाइन पनि सुचिकृत छन् ।

विश्वभरीका नेपाली भाषी संचार माध्याममा सार्बजनिक ब्यक्तित्वबारे प्रकाशित समाचारमा  जान सकिन्छ । यहाँ सकारात्मक वा आलोचक जे जस्ता भए पनि समाचार सामग्री संग्रहित छन् । साथै पाठकहरुको चाप बढेकाले नार्कोसी डटकमले आफ्नो प्राबिधिक क्षमतामा पनि सुधार गर्नु परेको थियो ।

अहिले इन्टरनेट जडित विश्वको कुनै पनि कम्प्युटरमा केहि सेकेन्डमै नार्कोसी मार्फत नेपाली समाचारको भण्डारमा पुग्न सकिन्छ । अहिले समाचारका पाठक संख्याका आधारमा प्रधानमन्त्री दाहाल पहिलो , पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो र शेरबहादुर देउबा तेश्रो मा छन् . गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले यस अघि  तेस्राे नम्बरमा परेका थिए  । पछिल्ला केहि दिनमा कलाकार तिर्सना बुढाथोकी चौथो र शेष घले पाचौमा छन् .