लोक गायक खेम गुरुङको निधन

1306 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको ४२ वर्षका उमेरमा बिहीवार  निधन भएको छ ।

Khem-raj-gurung (1)
कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको बिहीवार साँझ करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको हो । उहाँलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको स्व गुरुङका भतिजा रत्न गुरुङले जानकारी दिए ।

गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उहाँहरू आएपछि मात्र अन्त्येष्टि गरिने छ । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने तय गरिएको छ । स्व गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे (लोकगीत) र घुमफिर लगायत लोक तथा लोक पप गीतका एल्बम बजारमा उपलब्ध छन् ।

करिब १० वटा गीति एल्बम निकालेका गुरुङको ‘वारी जमुना पारी जमुना’ सबैभन्दा लोकप्रिय गीत हो । गुरुङ २०३१ सालमा संखुवासभामा जन्मिएका थिए ।