एउटै खुट्टाले छमछमि नाचेर लोकप्रियता कमाउंदै नीलम(फोटो फिचर)

2817 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

महेशदोभान(धादिङ)- यस बर्षको नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको दिन धादिङको बैरेनी गाविस वडा नम्बर ९ महेशदोभान स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा  आयोजित “तीज बिशेष बृहत सांस्कृतिक कार्यक्रम ” खचाखच दर्शहरुका बिच आत्मविश्वासको साथ तिजे गितमा स्टेजमा झुल्किईन् नीलम ढुंगाना । सयौको संख्यामा रहेका दर्शक कोहि ताली बजाउदै थिए कोहि एकाग्र भएर स्टेजतिर हेरिरहे ।

????????????????????????????????????

कार्यक्रम संचालकले  निलमको नाम र उनको खुवीको प्रशंसा गर्दै स्टेजमा के बोलाएका थिए यत्रतत्र छरिएका दर्शकपनि स्टेजउन्मुख भए । एउटा खुट्टाको सहारामा निर्धक्क छमछम नाच्न सक्ने उनको खुबीले सबैलाई अचम्मित बनायो ।
चलचित्र कन्यादानमा समाहित बहुचर्चित गीत ‘तिजको रहर आयो बरिलै’ मा कम्मर मर्काइ मर्काइ नाचेपछि उनले सबैको वाहवाही पाईन् ।  नृत्य हेर्दा लाग्थ्यो उनको एउटै खुट्टा काफी छ ।

अरु महिलाहरु ब्रत, पूजा तिर लागिरहेका बेला उनी  धार्मिक, सांस्कृतिक एवम पर्यटकीय महत्वको अम्लेश्वर महादेव मन्दिरस्थल धादिङको महेशदोभान आईन् । कार्यक्रममा  उनले  आफ्नो दक्षता झल्काईन् । आफ्नो एक खुट्टे कला मार्फत दर्शक नचाउदै, हसाउदै आएकी नीलम झण्डै ९ बर्ष देखि एउटै खुट्टाको सहारामा छिन् ।

????????????????????????????????????

९ बर्ष अघि वैवाहिक बन्धनमा बाँधिएर आँखामा भविष्यका सुन्दर सपनाहरू साँचिरहेकी नीलमको जीवनमा कहालीलाग्दो क्षण आयो जसको कारण उनि शारिरिक रुपमा अहिलेको अबस्थामा छिन् । सेन्टअप परीक्षा दिन हिँडिरहेका बेला मोरङ र सुनसरी जोड्ने बूढीखोलाको पुलमाथि यमदूतरूपी एउटा मालवाहक ट्रक आइपुग्यो । त्यो ट्रकले च्यापेपछि उनी एउटा खुट्टा गुमाउन बाध्य भइन् । एसएलसीजस्तो फलामे ढोका पार गर्ने बेलामा यस्तो नियति भोग्नुपर्दा नीलमको मन छियाछिया भयो । अस्पतालमै बसेर एसएलसी दिएकी उनले ७९ प्रतिशत अंक ल्याईन् ।

????????????????????????????????????

अपांगता भएकी नीलमलाई नवविवाहित श्रीमानले पनि  ठूलो साथ र सहयोग दिए । उनले नीलमप्रतिको प्रेममा कहिल्यै कमी आउन दिएनन् र उनि अहिलेको अबस्थामा छिन् । देब्रे खुट्टाको तिघ्रामुनिको पूरै भाग गुमाएपछि वैशाखीको सहारामा हिड्ने निलम स्टेजमा पुगेपछि त्यहि बैशाखी पनि छोडेर नाच्छिन् । देशका विभिन्न उत्सव र महोत्सवमा एउटा खुट्टाले नाच्ने नर्तकीका रूपमा उनलाई निम्त्याइन्छ । जहाँ गएपनि उनले सबैको ‘वाहवाही’ बटुलिरहेकी छन् ।आइतबार तीजको अवसरमा आयोजित कार्यक्रममा पनि उनले धादिङको राजमार्ग भएर आंफु धेरै पटक यात्रा गरेको वताउंदै स्थानीयलाई स्यावासी दिन भ्याउंदा नभ्याउंदै उनको समर्थनमा तालीको गडगडहट गुन्जिएको थियो । अम्लेश्वर व्याईज क्लब ( एबिसी) द्धारा आयोजित सांस्कृतिक कार्यक्रमको मिडिया पार्टनरमा धादिङ न्यूज डट कम लगायतका जिल्लाका संचार गृहहरु रहेका छन ।

????????????????????????????????????

नीलमको प्रूस्तुतिमा बिशेष आकर्षित हुन पुगेका  दर्शकहरु सबै कलाकारको प्रस्तुतीमा उत्तिको रमाउँदै नाच्दै गाउंदै सास्कृतिक कार्यक्रमलाई सांगितिकमय बनाएका थिए । तीजको ब्रत बसेका ब्रतालुहरुले आंफुलाई मन पर्ने गित आउनासाथ कम्मर मर्काई मर्काइ नाचेका थिए ।

तस्बिरहरु :केशव अधिकारी /धादिङ न्यूज