पहिलो मिसेस तामाङ-२०१६ सम्पन्न, शान्तीले पहिरिइन् ताज

939 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14303865_1297677753583797_1438524846_o
बुधवार, काठमाडौं /
१७ जना प्रतिस्पर्धिलाई उछिन्दै मंगलबार प्रज्ञा भवन कमलादीमा सम्पन्न भब्य समारोहका बिच मिसेस तामाङ-२०१६ को ताज धादिङ दार्खाकी शान्ती तामाङले हात पारीन् । यससँगै बिजेता शान्ती तामाङ्ले १ थान डिओ स्कूटर, १ थान एल.जि. मोबाइल सेट र नि:शुल्क जुम्बा कोर्स जितीन् ।
14315692_1297677750250464_1946539151_o
एस.के. इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा पहिलो रनर अप काठमाडौं स्वयम्भुकी अनु कुमारी तामाङ, दोश्रो रनर अप नुवाकोटकी अनिता तामाङ, तेस्रो रनर अप ललितपुर भैंसीपाटीकी सुनिता घलान तामाङ, चौथो रनर अप धादिङ सत्यदेबीकी श्याम माया तामाङ र पाँचौ रनर अप धादिङ सेम्जोङकी राधा थोक्रा तामाङ भईन् । बिजेताहरुलाई नगद पुरस्कार क्रमश: ४० हजार, ३५ हजार, २५ हजार, २० हजार, १५ हजार प्रदान गरिएको थियो भने सबैले एक एक थान एल.जि. मोबाइल सेट सेमत पाएका थिए। त्यसै गरी सबै बिजेताहरुलाई नि:शुल्क जुम्बा कोर्स समेत प्रदान गरिने आयोजक संस्था एस.के. इन्टरटेन्मेन्टकी निर्देशक तथा कार्यक्रम व्यवस्थापक शान्ता कुमारी तामाङ्ले धादिङ्न्युज डट कमलाई जानकारी दिनु भयो।
14359618_1297677756917130_1206232938_o
देशै भरिका विवाहित तामाङ महिलाहरुको बाहिरी तथा भित्री सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्न र गराउन नेपालमै पहिलो पटक आयोजना गरिएको मिसेस तामाङ-२०१६ का लागि एक महिना अगाडि देखी नै साधना कला केन्द्रमा कोरियोग्राफर रोजिल शाक्यले विविध विषयमा प्रशिक्षण दिएका थिए । उनको अलावा बिभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुबाट र्‍याम्प वाक, अनुशासन, वाक कला, क्षमता अभिवृद्धी, घरेलु हिंसा लगायतका विषयमा समेत प्रशिक्षण दिइएको थियो।