यसकारण चर्कीयो भारत– पाकिस्तान युद्ध : नेपालमा गम्भीर खतरा

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं । कश्मिरको मुद्धालाई लिएर भारत र पाकिस्तानबीच चल्दै आएको ‘प्रोक्सी वार’ अब युद्धमा परिणत भएको छ । पाकिस्तानले भारत माथि निरन्तर रुपमा मुस्लिम आतंकवादी संगठनहरु मार्फत आक्रमणलाई तिव्रता दिन थालेपछि भारतले पनि विगतमा पूर्वी पाकिस्तानबाट बंगलादेश अलग गराए जस्तै गरी बलुचिस्तानलाई हाल अलग गराउन सैन्य र कुटनितिक रणनीति अन्तराष्ट्रिय मञ्चहरुमा सुरु गरेपछि पाकिस्तानले भारतमाथि रसायनिक हतियार प्रयोग गर्ने चेतावनीसम्म दिइसकेको छ ।

1965-war-game-review
कश्मिरको उरीमा रहेको सैनिक क्यम्पमाथि गत साता पाकिस्तान प्रशिक्षित जैश ए मोहम्मदमा आतंकवादीहरुले हमला गरेपछि १७ जना भारतीय सैनिक, प्रहरीमाथि आक्रमण भएयता त्यहाँ कफ्र्यू लागेर जनजीवन अस्त व्यस्त बेनेको थियो । यस क्रममा पछिल्लो आंकवादी हमलाले भारतीय सेनाको मनोवल खस्न थालेको भन्दै केन्द्र सरकारमाथि भारतीय सैन्य नेतृत्वले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दवाव दिएपछि भारतीय सेनाले पाकिस्तानभित्रै पसेर आक्रमण गर्ने तयारी गरिरहेको बेला पाकिस्तानले भारतमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएको हो । पाकिस्तानको बलुचिस्तानमा भारत समर्थन र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आह्वान गर्दै बलुच नेताहरुले पाकिस्तानी सैनिक ज्यादती बढेको, मानवअधिकारको हनन भएको भन्दै पाकिस्तानबाट बलुचिस्तान अलग मात्र गरी रहेको छ ।

पाकिस्तानी सेनालाई हाल चीनियाँ सेना र रुसी सेनाले समग्र र सैन्य तालिम दिईरहेको छ । बलुचिस्तान चीनको सैन्य रणनितिक महत्वको उच्च स्थान हो । त्यसमाथी चीनले भारतलाई पाकिस्तानसँग युद्ध नगर्न भन्दै आएको छ । यद्यपी काश्मिर मामिलामा भारतीय सेनालाई अलमलाई राख्ने सैन्य रणनीति अनुसार मुस्लिम आतंकवादी संगठनहरु मार्फत भारतीय सैन्य क्यम्पहरुदेखि दिल्ली मुम्बईसम्म आतंकवादी हमला पाकिस्तानले पनि गराउँदै आएको भारतको आरोप रहदै आएको छ ।
पाकिस्तानको पछाडि चीनियाँ सेनाको ठूलै सहयोग रहेका कारण विगतका पूर्वी पास्तिान टुक्र्याएर बंगलादेश बनाए जस्तो बलुचिस्तान टुक्र्याउन भारतलाई अहिले त्यति भने हुनेछैन् ।  । भारतमा रहेका ठूलो संख्यामा मुललमान समुदायको पाकिस्तान सँग धार्मिक र सामाजिक रुपमा सम्बन्ध रहेका कारण पाकिस्तान विरुद्ध भारतीय मुसलमानहरुको जस्तो आत्मघाती हमला गर्न पाकिस्तान गएका छैनन् । बरु कश्मीरमा भारतीय मुसलमानहरुले नै कश्मिर स्वतन्त्रताका लागि पाकिस्तानकको समर्थनमा पाकिस्तानी मुस्लिम आतंकवादी संगठनका सदस्यहरुलाई सहयोग पुगाउदै आएका छन् ।

भारत र पाकिस्तान बिचको कटुतापूर्ण सम्बन्ध भारतबाट पाकिस्तान अलग भएकै समयदेखि हो ।  पाकिस्तानको आफ्नो कुनै मौलिक सभ्यता र संस्कृति वा पहिचान छैन । जे छ भारतबाट अलग हुँदा लिएर गएको धर्म संस्कृति र पहिचान छ ।

खास कुरा के हो भने सार्क राष्ट्रमा भारत सँग टक्कर लिएर कुनै युद्ध लड्ने क्षमता राख्ने शक्ति राष्ट्र छ भने त्यो पाकिस्तान नै हो । विगतको कांग्रेस आई सरकारको गलत नीति ईन्दिरा गान्धीदेखि सोनिया गान्धीसम्म आइपुग्दा भारतले छिमेकी राष्ट्रहरुसँग सम्बन्ध नराम्रो राख्नुको कारण अन्तर्राष्ट्रिय मञ्चहरुमा भारत एक्लिदै गएको थियो ।

भारतीय राजनीतिमा आएको परिवर्तन र प्रधानमन्त्री नरेन्द्र मादीको सुजबुझका कारण पछिल्लो समयमा छिमेकीहरुको सम्बन्धमा सुधार  आउने अपेक्षा गरिएको थियो । तर पाकिस्तानको कट्टरपन्थी सेनाले भारत पाकिस्तान बिच राजनैतिक सम्बन्ध सुधार हुनै दिदैन । परिणाम भारतमा मुस्लिम आतंकवादी संगठन मार्फत आक्रमण गराई हाल्ने रहेको छ । भारतको ठूलो लगानीको हिस्सा सुरक्षा मामिलामा गर्दै आएको छ । तर पनि भारतमा मुस्लिम आतंकवादी हमला रोकिएको छैन ।

भारतले आफ्नो सम्पूर्ण सुरक्षा संयन्त्र र सेनालाई पाकिस्तानलाई अलग अलग गर्न खुल्ला निर्देशन दिएपछि पाकिस्तानले पनि भारत विरुद्ध आणविक हतियारको प्रयोग गर्ने र युद्धको लागि तयार रहन चेतावनी दिएपछि दक्षिण एशियाको शान्तिमा आगो लाग्ने अवस्था श्रृजना भएको छ ।

विगतमा अमेरिकी सेनाले पाकिस्तानी सेनालाई सैन्य सहयोग दिँदै आएकोमा पाकिस्तानी गुप्तचर संस्था आइएसआईले मुस्लिम आतंकवादी संगठनहरुलाई सहयोग पु¥याएको भन्दै आफ्नो सैन्य सुरक्षा कटौती गरेपछि पाकिस्तान चीनसँग मिल्न पुगेको हो । भारत र पाकिस्तान बिच कुनैपनि बेला युद्ध हुन राख्ने खतरा यसअघि नै वढेको थियो ।  अमेरिका युद्धरत देशहरुमा बैधअबैध हतियार बेच्ने छ । आणविक हतियारको प्रयोग भारत पाकिस्तानबिच भएर युद्ध चर्कियो भने त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने निश्चित छ । तर राजनैतिक दल र सरकारले अहिलेसम्म त्यस्तो अवस्थामा के गर्ने भन्ने सोचेकै छैन ।

पाकिस्तानलाई आतंकवादी देश घोषणा गर्ने तयारी 
त्यसो त अमेरिकाका दुई शक्तिशाली सांसदले पाकिस्तानलाई आतंकवादी प्रायोजक मुलुक घोषणा गर्न अमेरिकी प्रतिनिधिसभा कांग्रेस मा विध्यक प्रस्तुत गरेका छन् ।
आतंकवादको प्रायोजक मुलुक, विध्यक प्रस्तुत गर्दै कांग्रेस सदस्य टेड पोले पाकिस्तानलाई दिदै आएको सबै सहयोग रोक्नुपर्ने बताउदै आएका छन्  । उनी आतंकवाद सम्बन्धि कांग्रेस उपसमितिका सभापति समेत हुन । रिपब्लिकन पार्टीका पोले डेमोक्रयाट डाना राराबाचरसँग मिलेर ‘पाकिस्तान स्टेट स्पोन्सर अफ टेरोरिज्म डेजिगनेसन एक्ट’ एचआर ६०६९ प्रस्तुत गरेका हुन । डाना पनि उक्त उपसभापतिमा निकै प्रभावशाली मानिन्छन् ।

यसअघि जुलाईमा एउटा अमेरिकी कंग्रेसमा ‘पाकिस्तान शत्रु कि मित्र’ भन्ने विषयमा छलफल चलाईएको थियो । उक्त अवसरमा अमेरिकाले पाकिस्तानलाई दिदै आएको सम्पूर्ण सहयोग रोक्का गर्नुपर्ने माग गरिएको थियो । चालु राष्ट्रसंघ महासभामा पाकिस्तानले भारत प्रशासनिक कश्मीरको अवस्थाबारे प्रश्न उठाउने भएको छ भने भारतले युरी हमलाका बारे बहस सुरु गर्नेछ ।