अब यौन सम्पर्कका लागि सरकारी बिदा !

693 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

संसारका धेरै देशमा अहिले जनसंख्या वृद्धि नियन्त्रणका लागि विभिन्न पहलहरु भइरहेका छन् । यौन सम्पर्ककका लागि परिवार नियोजनाका अनेक साधनका विज्ञापन सुन्न र देख्न पाइन्छ । जलवायु परिवर्तन र विश्वव्यापीकरणका कारण जनसंख्या नियन्त्रणका पहल विश्वभर एकसाथ फैलिरहेका छन् ।

sex-5तर, तपाईंलाई अचम्म लाग्न सक्छ विश्वमा यस्ता पनि देश छन् जहाँ सरकारले नै यौन सम्पर्कका लागि बिदा दिने तयारी गरेको  छ ।  जनसंख्या कसरी बढउने भन्ने विषयमा चिन्तित रहेको डेनमार्कमा सरकारले जनसंख्या बढउनका लागि विभिन्न उपाय अपनाउने क्रममा यौन सम्पर्कका लागि जनतालाई आग्रह गरेको छ । यौन सम्पर्ककै निम्ति त्यहाँको सरकारले सरकारी बिदा दिने तयारी समेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनएका छन् ।

सन्तान जन्माउनका निम्ति प्रोत्साहन गर्न सरकारले नै सरकारी विदा दिने तयारी गरेको समाचारमा जनाइएको छ । डेनमार्कका जोडीलाई यौन सम्पर्क गर्न उत्पे्ररित गर्ने हिसाबले विभिन्न खालका कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।

जनसंख्या वृद्धिका निम्ति बनाएका विभिन्न योजना मध्ये सरकारी बिदा एक भएको त्यहाँका एक अधिकारीलाई उद्धृत गर्दै समाचरमा जनइएको छ । डेनमार्क सरकारले जन्मदर बढाउनका निम्ति विभिन्न सञ्चार माध्ययममा आकर्षक विज्ञापन समेत दिदै आएको छ । पछिल्ला दिनमा डेनमार्कको जन्मदर घटेर १.७ मा झरेपछि त्यहाँको सरकारले जनसंख्या वृद्धिका लागि त्यहाँका जोडीलाई यौन सम्पर्क गर्न प्रेरित गर्ने योजन बनाइरहेको जनाइएको छ ।

सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई सन्तान जन्माउनका लागि सरकारले केही समय अघि अपिल समेत गरेको थियो । त्यहाँको सरकारले देशका निम्ति सन्तान जन्माइदिन सबै जनतासमक्ष अपिल गरेको छ ।एजेन्सी