सुनको सिक्का खोज्न गाउँलेहरु धमाधम ढिस्को खोस्रदैं

707 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gold-6राजस्थान,-भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खोस्रन थालेका छन् ।

तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोस्रने र खाल्डो खन्न व्यस्त छन् ।

ठाउँठाउँमा खाल्डो खन्ने क्रम बढेसँगै खाडलमा पुरिएर मानवीय क्षति हुन सक्ने सम्भावना बढेको स्थानीय प्रशासनको भनाइ छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार राति एकजनाले मालवाहक साधनमा माटो भरेर लैजान लागेको अवस्थामा स्थानीयले देखेका थिए । उनीहरुले माटो लैजाने व्यक्तिलाई त्यहाँबाट लखेटेका थिए ।

स्थानीयका अनुसार भाग्यमानीले सो क्षेत्रमा सुनको सिक्का फेला पर्ने हल्ला चलेपछि सिंगो गाउँ भेला भएर धमाधम ढिस्को खोस्रने र खाडल खनेर सिक्का खोज्ने क्रम बढेको हो ।

तर अहिलेसम्म सिक्का फेला परेको दाबी गर्ने कोही उपस्थित नभएको भारतीय संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)