दुर्गम गाउँका किसानको मर्का-ब्याडे राँगोको अभाव

749 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images-4धादिङ,आइतबार, १४ कार्तिक – गाउँमाब्याड राँगो नहुँदा धादिङको विभिन्न गाउँका पशुपालक भैंसी थारै राख्न बाध्य भएका छन् । महादेवस्थान गाविस–८को जरुङ र वडा नं. ६को कुन्चुरुङमा ब्याडे राँगाको समस्या उत्पन्न भएको हो ।

‘गाउँभरीमै एक–दुइटा राँगाथिए, दसैंमामासु खाएर सकियो, कोही बुढो भए।’महादेवस्थान–६ कुन्चुरुङकी मिना तामाङले भनिन्, ‘गोठमा भैंसीमातेको छ, राँगो छैन ।’मिनाको गोठमा अहिले तीनवटा भैंसी छन् नागरिक न्यूजमा खबर छ ।

जरुङ र कुन्चुरुङका स्थानीयले भैंसी र बाख्रापालन गर्दै आएका छन् । तर आवश्यक चेतनाको अभावमा गाउँमा राँगो मासिँदै गएको स्थानीय मणिक तामाङले बताए । ‘भैंसी पालेर खेतबारीमा मलको जोहो गर्थे, घिउ बेचेर आम्दानीलिन्थे र घरखर्च चलाउँथे,’मणिकले भने ‘राँगो मासिएपछि अहिले समस्या आउनथाल्यो ।’राँगो नभएकै कारण घिउ बेचेरै घरखर्च धान्ने किसानअहिले चिन्तामा छन् ।

कुन्चुरुङका अधिकांश किसानको गोठमा ३ देखि ७ वटासम्म भैंसी छन् ।तर राँगाको विकल्प खोज्न नसकिएको स्थानीय रोनिसा तामाङले बताइन् । भैंसीको कृत्रिम गर्भाधान गराउन सकिन्छ भन्ने सुनेका किसानलाई त्यो सेवा कसरी लिने, थाहा छैन । रोनिसा भन्छिन्, ‘कृत्रिम गर्भाधान हुन्छ भन्छन्, हामीलाई थाहा छैन ।’ कृत्रिम गर्भाधान गराउँदा पैसा धेरै लाग्ने पिरले किसानले कृत्रिम गर्भाधानको कुरा उठाउन नचाहेको जरुङकी पार्वती तामाङले सुनाइन् ।यस वर्ष जरुङमामात्रै सयभन्दा धेरै भैंसी थारै बसेको उनको भनाइछ ।

चाडपर्वको बेलामासु धेरै खाने र अन्यभन्दा राँगाकै मासु धेरै प्रयोग हुने भएको कारण पनिगाउँमा राँगा सकिएको हो ।अर्काेतर्फ गरिबी र चेतनाको अभावले गाउँलेले व्यापारीहरुलाई राँगा बेच्ने क्रम बढेसँगै अभाव खड्किएको स्थानीय बताउँछन् ।
पशुपालनको विकासको लागि विभिन्न संघ–सस्थाले गाउँमा सहयोग नगरेको भने होइन । बाख्रापालनको लागिप्रयास नेपालले तालिम त दिएको छ नै गाउँमै पशु जेटिएको समेत व्यवस्थामिलाएको छ । तर एकै घरमाचार–पाँचवटा भैंसी थारो रहँदात्यसतर्फ ध्यानदिन सकेको छैन ।

जिल्ला पशु सेवा कार्यालय र पशु सेवा केन्द्रले जिल्लाका पशुमा कृत्रिम गर्भाधानको लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । तर जरुङ र कुन्चुरुङ पुग्न सकेको छैन । किसानले भैंसीको कृत्रिम गर्भाधानको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।