जुकरबर्गलाई एकै दिनमा ३ अर्ब डलर घाटा

572 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

148091231images-jpg
काठमाडौं । फेसबुकको सेयर ५.५ प्रतिशतले घट्दा बिहीवार एकै दिनमा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई ३ अर्ब डलर नोक्सान परेको छ । सीएनएनका अनुसार यो अहिलेसम्मकै कुनै एक जना लगानीकर्तालाई परेको सबैभन्दा धेरै घाटा हो ।
कम्पनीका प्रमुख वित्त अधिकृतले लगानीकर्तालाई विज्ञापनबाट हुने आम्दानी निकै घट्नसक्ने चेतावनी दिएपछि फेसबुकको सेयरको मूल्य घटेको थियो । जुकरबर्गसँग करिब ५० अर्ब २० करोड डलर मूल्यको ४१ करोड ८० लाख कित्ता फेसबुकको सेयरको छ ।
सीएनएनका अनुसार ब्लुमबर्गले जुकरबर्गको कुल सम्पत्ति ५२ अर्ब २० करोड डलर अनुमान गरेको छ । मार्क जुकरबर्ग विश्वका पाँचौँ धनी मानिन्छन् । एकै दिनमा ३ अर्ब डलर नोक्सान भए पनि यो वर्ष उनको सम्पत्ति १५ प्रतिशतले बढेकाले जुकरबर्गको कुल सम्पत्ति ६ अर्ब ४० करोड डलर पुगेको अनुमान छ ।