अब भारतमै नचल्ने भो भारु पाँच सय र हजारका नोट

1011 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

_92319838_mediaitem92319835काठमाडौंः विश्वकै ठुलो अर्थतन्त्र रहेको देश भारतले आफ्नै देश भित्र भारु ५ सय र एक हजारको नोट प्रतिवन्ध लगाएको छ । भारतको यो निर्णयले नेपालमा समेत प्रभाव पर्ने छ । भारत संग सिमाना जोडिएका अधिकांश नेपाली वस्तिमा नेपाली भन्दा भारतीय नोट सजिलै संग चल्ने गरेको छ । भारत सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा यस्तो घोषणा गरेका हुन् ।

कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण उत्पन्न समस्या हल गर्न भारतीय प्रधानमन्त्री मोदीले नयाँ घोषणा गरेका हुन् ।

अहिले भारतीय रुपैयाँ पाँच सय र एक हजारका नोट बोकिरहेका व्यक्तिहरूले नजिकको बैंक या पोस्ट अफिसहरूमा लगेर डिपोजिट गर्न सक्ने मोदीले बताए ।

‘अब भारतीय रुपैयाँ पाँच सय र एक हजारका नोट यही रातिबाट सिर्फ कागजसरह हुनेछन्’, उनले भने । भारतीय रुपैयाँ पाँच सय र दुई हजारका नयाँ नोटहरू चाँडै उपलब्ध हुने उनले बताए । मोदीले एक सय, पचास, बीस, दस, पाँच, दुई र एकको नोट निरन्तर चल्ने पनि बताएका छन् ।यो समाचारलाई  आजका विभिन्न दैनिक पत्र पत्रिका र अनलाइनले बिशेष प्राथमिकता दिएर प्रकाशित गरेका छन ।