एमसीपीएम उत्तिर्ण २६ जिविस पुरस्कृत,धादिङ जिविस १८ औं नम्बरमा

955 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20161114_113203काठमाडौं, २९ कात्तिक न्यूनतम शर्त तथा कार्य सम्पादन मुल्याङकनको नतिजामा धादिङ जिल्ला १८ औं नम्बर परेको छ । सरकारले न्यूनतम् शर्त तथा कार्यसम्पादन मापन (एमसीपीएम) उत्तिर्ण भएका २६ जिविसलाई ३ लाख रुपैयाँदैखि १ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
आर्थिक बर्ष ०७१/७२ मा जिविसहरूले गरेको उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कारका लागी ३६ लाख ६५ हजार रुपैयाँ विनियोजन गर्न लागिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
एमसीपीएम परीक्षणमा सबैभन्दा बढी अंक पाएका धनकुटा जिविसले ३ लाख रुपैयाँ पाएका छन् । एमसीपीएममा दोस्रो भएका बाँके र दैलेखले २ लाख ५० हजार रुपैयाँका दरले पाएका छन् भने पाँचथर, कास्की र प्यूठानले २/२ लाख रुपैयाँ पाएका छन् ।
विनियोजन भएको उक्त रकमबाट जिविसले एमसीपीएम परीक्षण भएको आव ०७१/७२ मा उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीलाई पुरस्कार दिनु पर्नेछ ।
एमसीपीएम परीक्षण गरेको बर्ष काम गरेका कर्मचारी सरुवा भएको वा अवकास लिएको भए पनि पुरस्कार दिन मिल्नेछ । पुरस्कारका लागी परीक्षणको बर्ष कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ ।
नगरपालिका र गाविसको भने पुरस्कारवापतको रकम निकासा हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ । स्थानीय निकाय वित्तीय आयोगले कार्यसम्पादनको सुचकहरू पुरा गरे/नगरेको परीक्षण गरेर अंकभार दिने व्यवस्था छ ।
अंकभारका आधारमा स्थानीय निकायहरू एमसीपीएम उत्तिर्ण र अनुत्तिर्ण हुँदै आएका छन् । यो समाचार धादिङ न्यूजका लागि स्थानीय खबर डट कमबाट लिईएको हो ।