ढोडेनी र बेसीटोलमा खानेपानी योजना सम्पन्न

748 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, ६ असार ( धादिङ्न्युज )/पिडा गाविसको वडा नम्बर ३ सानो ढोडेनीमा खानेपानी योजना सम्पन्न भएको छ ।
सहास नेपाल , देवी कृषि समुह , पिडा गा वि स को समन्वय र श्रोत साझेदारीमा सम्पन्न भएको खानेपानी योजनावाट ११ घर परिवार भुजेलहरु लाभान्वित भएका छन । खानेपानी योजना र पशुवस्तुको गोठ सुघार सहयोग योजनाको सार्वजनिक र हस्तान्तरण कार्य जेठ २४ गते सम्पन्न भएको छ । खानेपानी योजना अन्र्तगत ११ घरको लागि १ टयाङकी र ७ वटा धारा निर्माण गरिएको छ । योजनाको लागि समुहको तर्फवाट  नगद ६ हजार,पिडा गा वि सवाट दशहजार , सहास नेपालवाट  ८९हजार ५ सय ५६ रुपैया र समुहको श्रमदान ६६ हजार समेत गरी एक लाख ७८ हजार २ सय ५६ रुपैयाको लागतमा  जम्मा योजना सम्पन्न भएको हो ।
त्यसै गरि सोहि समुहमा पशुवस्तुको गोठ सुधार कार्यक्रम अन्र्तगत  १० वटा गोठ सुधार भएको छ । गोठ सुधारका लागि सहास नेपाल वाट १९ हजार चार सय ९२ रुपैयाको समान सहयोग गरिएको थियो भने  समुहको कोषवाट सातहजार  र श्रमदान पैतालिसहजार पांच सय ५० समेत गरी कुल  ७२ हजार ४२ रुपैयामा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी जोगिमारा गाविसको वढा नम्बर ९ बेसीटोलमा पनि खानेपानी योजना सम्पन्न भएको छ । सहास नेपाल ,स्थानीय सयपत्री समुह र जोगिमारा गा वि स को समन्वय र श्रोत साझेदारिमा खानेपानी योजना सम्पन्न भएको हो  । योजनावाट २४ घर परिवार मगर,चेपाङ र ठकुरीहरु लाभान्वित भएका छन ।
समुह अध्यक्ष सुस्मिता श्रेठको अध्यक्षतामा जेठ २६ गते खानेपानी योजनाको सार्वजनिक र हस्तान्तरण कार्य सम्पन्न भएको थियो । योजनावाट २४ घरको लागि साना  ४ टयाङकि र १० वटा धारा निर्माण गरिएको समुहले जनाएको छ । योजना सम्पन्न गर्नका लागि समुहवाट  नगद आठ हजार चास सय, पिडा गा वि सवाट ६० हजार  र सहास नेपालवाट नगद तथा समाग्री गरी दुई लाख १५ हजार पांच सय ५५ रुपैया  र समुहको श्रमदान एक लाख ४९ हजार चार सय रुपैया गरी कुल चारलाख ३३ हजार तीन सय ५५ रुपैयामा योजना सम्पन्न भएको हो । दुवै योजनाका खर्चको विल समुहलाई हस्तान्तरण गरिएको सहास नेपालका हरिराम लोहनीले नेत्रावतीलाई जानकारी दिनु भयो ।