गल्छीमा खुल्यो नेपाल बंगलादेश बैकको शाखा

998 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nbb-galchi-branch-inaguration-news-and-photoसरकारले नयाँ शहरको परिकल्पना अघि बढाएर पुर्वाधार विकासका कार्यक्रम संचालन गर्न थालेपछि धादिङको बैरेनी गल्छीमा आर्थिक चहल पहलका कामहरु पनि बढ्न थालेको छ । पुर्वाधार विकासले गति लिन नभ्याउँदै बैक तथा बित्तिय संस्थाहरुले पनि गल्छीलाई रोज्न थालेका छन यसैक्रममा नेपाल बंगलादेश बैक (एनबि बैक)को शाखा गल्छीमा सञ्चालनमा आएको छ ।

नेपाल बंगलादेश बैंकले  गल्छीमा नयाँ शाखा संचालनमा ल्याएको हो । ३६ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको सो शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले मंसीर ३० गते बिहीवार एक कार्यक्रमका बिच उदघाटन गर्नुभएको हो ।  शाखाको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत  ढुंगानाले गल्छि सहित एनबि बैंकको शाखा कार्यालय  देशभरीमा  ३६ पुगेको जानकारी दिनु भयो ।  यसै गरी बैकंले एक्सटेन्सन काउन्टर २ र ७ शाखारहित घरदैलोमार्फत पनि   सेवा प्रदान गर्दै आएको उहाँले बताउनु भयो ।

एनबि बैंकका ३५ एटिएम संचालनमा छन्।  चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३९ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ भने यस अवधिमा बैंकको खुद नाफा साढे २२ करोड रहेको छ  बताईएको छ । गल्छीलाई कार्यक्षेत्र वनाएर संचालनमा आएको एनवि बैक यस क्षेत्रको दोश्रो वाणिज्य बैक हो । यस अघि बैरेनी गाविसकै बैरेनीवजारमा ग्लोवल आईएमई बैक संचालन रहेको छ भने गल्छीमा मुक्तिनाथ विकास बैकको शाखा मार्फत बैकिङ कारोवार हुंदै आईरहेको छ ।