पाँचौ धादिङ महोत्सव शुरु, प्रधानमन्त्रीबाट भयो उदघाटन

2317 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ,७ पुस – धादिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको पाँचौ धादिङ महोत्सवको बिहीवार प्रधानमन्त्री पुष्पकमल दहालले उदघाटन गरेका छन । भद्रकाली बिद्याश्रममा अध्ययनरत बटुकहरुद्धारा मन्त्रोचारण श्लोक पढ्दै र प्रधानमन्त्री दहालले पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उदघाटन गरिएको थियो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा आयोजना गरिएको महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्री दहालले संसदमा रहेका सबैदल मिलेर अघि नबढे सम्म मुलुकमा स्थायीत्व कायम हुन नसक्ने भएकाले अबरुद्ध संसद खोल्ने तर्फ पहल गर्न प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन । संसदमा पेश गरिएको प्रस्ताव बहुमत पु¥याएर असफल पार्न एमालेलाई अधिकार भएकाले सोही अनुसार अघि बढेर भए पनि संसद खुलाईदिन प्रधानमन्त्री दहालले प्रतिपक्षि दलसंग अनुरोध गरेका छन ।
आंफुले कुनै जातजाती र समुदायको पक्षमा लागेर अर्को समुदायलाई अपमानित हुने गरी कुनै काम नगरेको भएपनि गलत प्रचार गरेर आंफुलाई वदनामी गराउन खोज्दा चित्त दुखेको उनले वताए । दुई प्रमुख राजनैतिक दलका नेताहरुलेनै यस अघि पेश गरेको संविधान संशोधनको प्रस्ताव अहिले पेश गर्दा सबै दोष आंफु माथि थोपरिएको प्रधानमन्त्री दहालको गुनासो थियो । धादिङको विकासका लागि आंफु चिन्तित रहेको धादिङबेसी भ¥याङभुरुङ सडक, धादिङबेसी तिप्लिङ सोमदाङ सडक निर्माण, गल्छी त्रिशूली रसुवागढी सडक स्तरउन्नती, बैरेनी गल्छीको शहरी विकास लगायतका कामहरु अघि बढिरहेको धादिङको विकासका अन्य सम्भावनाहरुको लागि आंफुले सकेको सहयोग गर्ने दहालले कार्यक्रममा वताए ।
हेलिककप्टरबाट महोत्सव स्थल आईपुगेका दहाल झण्डै ३ घण्टा कार्यक्रम स्थलमा रहेका थिए । महोत्सवको उदघाटन पछि जिल्लाका सरकारी कार्यालय, सुरक्षा प्रमुख र माओवादी केन्द्रका पार्टीका जिल्ला नेता कार्यकर्तासंग छुट्टाछुट्टै कार्यक्रम मार्फत भेटघाट गरी प्रधानमन्त्री दहाल राजधानी फर्किएका थिए । महोत्सवलाई सभासदहरु परशुराम तामाङ,दिलमान पाख्रिन, पुर्वमन्त्री कल्पना धमला,पुर्व सांसद रामनाथ अधिकारीका साथै जिल्लाका विभिन्न राजनैतिक दलका नेताहरुले पनि सम्वोधन गरेका थिए ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव पुस १७ गते सम्म चल्नेछ ।
जिल्ला विकास समिति तथा निलकण्ठ नगरपालिकाको सह–आयोजना र हंसराज हुसालचन्द एण्ड कम्पनीको प्रमुख प्रायोजनमा हुन लागेको महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहने वताईएपनि महोत्सव स्थलमा वाहिरबाट ल्याईएका फेन्सी र प्लाष्टिकका भांडाकुडाको पसलहरु प्रशस्त राखिएका छन । आयोजकहरुले हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेन्टी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी गरिने प्रचार गरेपनि महोत्सवको पहिलो दिन खासै चहल पहल नदेखिएको दर्शकहरुले वताएका छन । महोत्सवमा करिब १ सय ७० वटा स्टल रहेको छ । महोत्सव करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोडको कारोवार हुने लक्ष्य राखिएको आयोजकले दावी गरेको छ ।
महोत्सवको उदघाटन हुनुअघि वजार क्षेत्रबाट मा धादिङ जिल्लाको विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी, घांटु, सोरठी,लाखे, टुकटुके,पञ्चैवाजा सहितको प्रदर्शनी गरिएको थियो ।