धुषा र कुम्पुरका किसानलाई जीविकोपार्जनका लागि कृषि औजार वितरण

1756 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ,९ पुस – केही बर्ष यता गाउँमा खेतीका लागि चाहिने जनशक्तिको अभाव बढ्दै गएको छ । युवाहरु शहर र विदेश पलायन हुने, बिबाहित महिलाहरु सदरमुकाम र शहरवजार तिर बस्ने क्रम बढ्दै गएपछि गाउँ बस्तिमा पाको उमेरका मान्छेहरु मात्रै भेटिने गरेका छन । कृषि मजदुरको अभावले खेतीयोग्य जमिन बांझै राख्ने र वजारबाट किनेको खाद्यान्नले जिवन निर्वाह गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।
खेतीयोग्य जमिनमा खेती गर्न नसकिरहेका किसानहरुको लागि गत बर्षको भुकम्पले झनै संकट थपिदिएको छ । आंफै बास बस्ने ठाउँको अभावले किसानहरु बस्तुभाउ पाल्न समेत नसक्ने अवस्थामा पुगिसकेका छन । गत बर्षको भुकम्पले समस्यामा परेका किसानहरुलाई जिविकोपार्जनमा सघाउ पु¥याउने उद्धेश्यले धादिङ जिल्लामा संचालित भूकम्प प्रतिकार्य परियोजना अन्र्तगत दुई वटा गाविसका किसानहरुलाई कृषिऔजार सामाग्री वितरण गरिएको छ ।

अक्सफामको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल)ले सञ्चालन गरेको भूकम्प प्रतिकार्य परियोजना अन्तरगत सञ्चालित जीविकोपार्जन कार्यक्रमले धादिङको कुम्पुर र धुषा गाउँ विकास समितिका किसानहरुलाई कृषिऔजार सामाग्री वितरण गरेको हो ।

????????????????????????????????????

बेनिघाट गाविसको वडा नम्बर १ रिचोकटारमा शुक्रबार आयोजित कार्यक्रममा कुम्पुर र धुषाका ९÷९वटा समूहलाई पावर टेलर, मिनि टेलर, कम्बाइनमिल, चार्जेबल स्पे्रयर, डिजिटल काँटा, थ्रेसर, रोजक्यान, स्प्रेयरपम्प, ठेलागाडा लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । प्रत्येक समूहका लागि १ लाख ४० हजार रुपैयाँ बराबरका कृषि सामाग्री खरिद गरी उनिहरुकै माग अनुसार हस्तान्तरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो । किसानलाई उपलव्ध गराईएको सामाग्री समुहको निर्णय अनुसार उपयोग गरी त्यसबाट हुने नाफाले समुहको कोष खडा गरिने वताईएको छ ।

????????????????????????????????????

किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गर्दै जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले कृषि औजारको प्रयोगले किसानहरुको दैनिकीलाई सहज वनाउनुका साथै थोरै लागतमा धेरै फाईदा लिन सकिने वताउनु भयो ।प्रयास नेपाल धादिङका अधयक्ष उषा विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पश सेवा कार्यालय धादिङका वरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगत, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत षटकुमार पोखरेलले कृषि औजारको महत्व र प्रयोग बारे आ–आफ्नो धारणा राख्नु भएको थियो ।

  • तस्बिरहरु : केशव अधिकारी /धादिङ न्यूज