लोकमान पदमुक्त : नियुक्ति असंवैधानिक भएको ठहर

802 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं,२४ पुस   ।अख्तियारको प्रमुख पदमा नियुक्ति हुनु भन्दा पहिले देखिनै विवादमा रहँदै आएका लोकमान सिंह कार्कीको नियुक्ति अन्ततः असंवैधानिक भएको ठहर भएको छ ।  सर्वोच्च अदालतले शुक्रवार  अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख lokman_singh_karkiआयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको हो ।
रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालका तर्फबाट आज वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, रमेश वडाल, टीकाराम भट्टराई, राजु चापागार्इं, रमणकुमार कर्ण, दिनेश त्रिपाठी, बाबुराम दाहाल, ज्योति लम्साल पौडेल, कुनदेवी महर्जनसहित १५ जनाले बहस गरेका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।सर्वोच्च अदालतको यो आदेश पछि लोकमानसिंह गलत हुन कि होइन भन्ने मुद्धाले अर्को रुप लिएको छ । पदमा रहँदा उनले गरेका निर्णयहरु सही हुन्छन कि हुँदैनन यो बिषयमा अव नयाँ बहस शुरु भएको छ ।