यो जिन्दगीको यात्रा………./गीत

1275 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rakhi
राखी गौचन

गीत
यो जिन्दगीको यात्रा तिमीले नै तय गरेपछि
न त सके रोक़्न मैले मनको जंघार तरेपछि

यो मुटुको गहिराइ न तिमीले नाप्न सक्यौ
साधा यो भावनालाई न रङ भर्न सक्यौ
भए होलान गल्तीहरु ईश्वर म नि हैन
बिश्वास हो माया हल्का मनले बुझिदैन

भत्किएको घर मेरो न तिमीले जोड्न सक्यौ
निर्दयी रहेछ कती छिटै बाटो मोड्न सक्यौ
अधूरा कती कुराहरू भन्न न चाहेको नी हैन
उपहार दिन्छु त्यही ख़ुसी अरु केहि चाहिदैन

शब्द :राखी गौचन
संगीत : नरेन्द्र प्यासी
गायिका : सृजना लामा
न्युयोर्क