नेपाल पत्रकार महासंघ धादिङको अधिवेशन फागुन १७ गते

2511 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले महासंघका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएटको अधिवेशन आह्वान गरेको छ । मंगलबार र बुधबार बसेको महासंघको ११ औँ केन्द्रीय समितिको बैठकले अधिवेशनको आह्वान गर्ने निर्णय गरेको हो । दुईदिन बसेको बैठकको निर्णय महासंघले बिहीबार सार्वजनिक गरेको छ । बैठकले जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएट अधिवेशन आठ चरणमा सम्पन्न गर्ने तालिका सार्वजनिक गरेको हो । दुईदिनसम्म चलेको बैठकले आगामी निर्वाचनका लागि ‘नेपाल पत्रकार महासंघ, शाखा निर्वाचन (कार्यविधि) निर्देशिका २०६४ (तेस्रो संविधान २०७३)’ स्वीकृत गरी जारी समेत गरेको महासचिव उजीर मगरले जानकारी दिए ।

निर्वाचनको कार्यतालिका

२०७३ फागुन ३ गते 
पश्चिम क्षेत्रका जिल्ला शाखाहरुः गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, नवलपरासी । मुस्ताङ र मनाङमा मौसमका कारण अनुकुलताका आधारमा मिति तय गरिने छ ।

 फागुन ७ गते
पूर्व क्षेत्रका जिल्ला शाखाहरुः तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, उदयपुर, सिराह, सप्तरी ।

 फागुन १२ गते 
मध्यपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः रुकुम, रोल्पा, प्यूठान, दाङ, सल्यान, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत, दैलेख ।

 फागुन १७ गते 
मध्य क्षेत्रका जिल्ला शाखाहरुः रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा ।

फागुन २२ गते 
सुदुरपश्चिम क्षेक्रका जिल्ला शाखाहरुः कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङ ।

फागुन २४ गते
काठमाडौं उपत्यकाका सवै प्रतिष्ठान शाखाहरु ।

फागुन २५ गते 
एसोसिएट तर्पका सबै संस्थाहरु ।

फागुन २६ गते 
उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर तथा कर्णाली क्षेत्रका सवै जिल्ला शाखाहरु जुम्ला, हुम्ला, मुगू, कालीकोट र डोल्पा ।

-अन्नपूर्ण पोष्टबाट