धादिङमा महिला हिंसाको चरम रुप -न्याय खोज्दा तीन महिला घाईते

737 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

16194872_1269381739766851_7577989145659615622_nधादिङ ७ माघ- महिला हिंसा बिरुद्ध सरकारी तथा गैर सरकारी क्षेत्रबाट शशक्त अभियान संचालन गरी हिंसा गर्नेहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउने क्रम बढ्दै गएपनि हिंसाका घटनामा भने कमि आउन सकेको छैन । पछिल्लो पटक धादिङको सदरमुकाम नजिकै रहेको नलाङ र खरी गाविसमा भएको घटनाले जिल्लामा महिला हिंसाका घटना न्यूनिकरणमा चुनौति थपिएको छ । महिलाहरुले आफूमाथी अन्याय भएपछि न्याय खोजेकै कारण परिवार र छिमेकीहरुबाट आक्रमण गर्दा नलाङ र खरी गाविसका तीन जना महिलाहरु गम्भीर घाइते भएका हुन् ।

धादिङको नलाङ गाविस–६ अर्चलेका २९ वर्षीया सीता गुरुङलाई बिहिबार उनका श्रीमान २८ वर्षीय रामकुमार परियारले आक्रमण गरी घाइते पारेका छन । विवाह दर्ता भएको प्रमाणपत्र र बच्चाको जन्मदर्ताको कागज माग्न जाँदा उनिमाथी हसियाले हानेर आक्रमण गरिएको पिडित सिताले वताईने । अन्तरजातिय विवाह गरेर घर जम बसाएका सिता र रामकुमारको जोडी लामो समय संगै रहन नसकेपछि उनिहरुका बिच समस्या बढेको हो । सीतालाई श्रीमान्ले पटक पटक कुटपिट गरेका कारण उनि सदरमुकाममा रहेको महिला सुरक्षा घरमा बस्दै आएकी थिइन

16143016_1269381803100178_1144129397307581680_nपछिल्लो पटक पतिले कुटपिट गरेका कारण माघ ४ गते घरबाट निकालिएकी सीता सम्बन्ध विच्छेदको लागि आफ्नो विवाह दर्ता र बच्चाको जन्म दर्ता लिन नलाङ स्थित घर पुगेका बेला उनिमाथी आक्रमण गरिएको थियो । हसियाले काटेर छियाछिया अवस्थामा सीताको स्थानीय महिलाअधिकारकर्मी र छिमेकीहरुले उद्धार गरेका थिए ।

बेहोस अवस्थामा उद्धारपछि जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौ स्थित विरअस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडितको आक्रमणका कारण दाँत काटिएको छ । टाउको र हात तथा शरिरभरी छियाछिया हुनेगरि काटिएको छ । घटनापछि प्रहरीले आरोपी रामकुमारलाई गिरफ्तार गरेको छ हिरासतमा लिएको छ । आरोपीलाई ज्यानमार्ने उद्योग अन्तरगत जाहेरी समेत परेकोले सोही अनुसार अनुसान्धान गरि मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

यसैगरि खरी गाविसकी दुई जना महिलालाई छिमकेहीहरु २० वर्षीय अर्जुन रोक्का, रुकी रोक्का, कान्छीमैया रोक्का, सरिता रोक्काले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् । घरमा बसीरहेको बेला छिमेकीहरु आएर कुटे अनि छोरी र आमालाई बुटले कुटेर घाइते पारे । छोरीलाई त मर्यो भनेर फालि दिएपछि सदरमुकामबाट एम्बुलेन्स लिएर उनिहरुकमो उद्धार गरिएको गाउंलेहरुले वताएका छन । घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

15977891_1269381856433506_8853110748853071337_nपीडित महिलाममध्ये २९ वर्षीया महिलालाई ०७३ साउन २३ गते सोही स्थानकाध्रुब रोक्काले बलात्कार गरेपछि पीडतले अदाललतमा जाहेरी दिएकोका कारण उनिहरुमाथी आरोपी परिवारले आक्रमण गरेको आशंका गरिएको छ । आरोपी ध्रुब मंसिर १२ गतेको जिल्ला अदालतको आदेश बमोजिम पुरपक्षका लागि थुनामा छन् ।
सोही घटना गाउँमै मिलाउनु पर्नेमा नमिलाई उजुरी गरेको भन्दै विरोधमा रहेका गाउंलेहरुका कारण आक्रमण गरिएको पीडतहरुले बताएका छन् । आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।