किरान्चोक गाविस अब खोपयुक्त घोषणा

771 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ, १७ माघ-दक्षिणी धादिङको विकटमा रहेको किराञ्चोक गाविसलाई खोपयुक्त गाविस घोषणा गरिएको छ । यहाँका ९२ जना वालवालिकाले एक वर्ष मुनी लिुन पर्ने सवै खोप लगाएको १२ महिना देखि २३ महिनासम्मको वालवालिकाको प्रमाणित भएपछि स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले किराञ्चोक गाविसलाई सोमवार खोपयुक्त गाविस घोषणा गरेका हुन ।
सरकारले फागुन १ गतेबाट मुटु र बाथ रोगलाई पूर्ण निशुल्क बनाएको जानकारी गराउदैं निजी अस्पतालमा समेत १० सिट गरिवका लागी छुट्याउनु पर्ने व्यवस्था रहेको मन्त्री गुरुङले बताए । स्वास्थ्य कर्मीले भन्दा पहिलो चरणमा महिला स्वयं सेविकाले हेरचाह र सल्लाह दिने भएकोले स्वयं सेविकाको क्षमता वृद्धि गर्नु पर्ने र उहाँहरुलाई राज्यले प्रोत्साहन गर्नु पर्ने भएकाले सुविधा दिन मन्त्रालयले प्रयत्न गरिरहेको स्वास्थ्य राज्य मन्त्री गुरुङले बताए ।
स्वास्थ्य चौकी भवन बनाउन आवश्यक ५ रोपनी जग्गा भन्दा माथी जग्गा भएको प्रमाण पत्र लिएर आए भवन वनाउन आवश्यक बजेट दिने घोषण समेत स्वास्थ्य राज्य मन्त्री गुरुङले गरे । पुर्नसंरचनाको कुरा मिले निर्वाचनको मिति घोषण हुन्छ । सरकार कुन पार्टीले जित्छ, हार्छ संग मतलव राख्दैन । नयाँ संरचनामा कुरा नमिले पुरानै संरचनामा भएपनि निर्वाचन हुन्छ स्वास्थ्य राज्य मन्त्री गुरुङले बताए । पूर्ण खोपयुक्त गाविस घोषण गर्नु अघि जिल्ला जनस्वास्थ्य कार्यालय र जिआईजेडको संयुक्त रुपमा निमार्ण गरेको स्वास्थ्य चौकी भवनको स्वास्थ्य राज्य मन्त्री गुरुङ र वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले रिवन काटेर उदघाटन गरे ।
एक वर्ष मुनीका वालवालिकालाई लगाउनु पर्ने खोप विसिजी एक मात्रा, हेपाटाएटिस वी एक मात्रा, हिमो फिलस इन्फ्रिन्जा एक मात्रा, पोलियो एक मात्रा, दादुरा तथा रुवला एक मात्र, र डिपीटी एक÷एक मात्र खोप लगाएको अनुगमनमा देखिएकाले किराञ्चोक २० औ गाविसका रुपमा खोपयुक्त घोषण भएकोले वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठले खोप कार्यमा संलग्न हुने सवैलाई धन्वाद दिए ।
पूर्ण खोपयुक्त गाविस घोषणमा नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठी, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पूर्व सभाषद सालिकराम जमरकटेल र नेपाली कांग्रेसका महासमिति सदस्य मधु श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व महिला स्वयं सेविका टिका कुमारी लामिछाने, पूर्व खोप कार्यकर्ता तिलक बहादुर भण्डारी सहित महिला स्वयं सेविकालालई सम्मान गरिएको थियो ।