गरिबीको कारण घर छाड्दै वालबालिका

744 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आफन्तले केही महिना अघि काठमाण्डौंमा लगेर राम्रो कामा लगाईदिने आश्वासन दिएपछि घर छाडेर तिनै आफन्त संग राजधानी पुगेकी १३ बर्षिया वालिकाको काठमाण्डौंको कलंकीबाट उद्धार गरियो । आंफुले लगेको बालिकालाई जबरजस्ति यौनजन्य कार्यमा लगाउन ग्राहकसंग मोलमोलाई गरिरहेकी ति महिला भाग्न सफल भईन बालअधिकारकर्मी र प्रहरी  टोलीले वालिकाको उद्धार ग¥यो । घर ठेगाना समेत राम्रो संग वताउन नसक्ने ति वालिकालाई निकै समय पछि परिवारको सम्पर्कमा ल्याउन केन्द्रिय वाल कल्याण समिति सफल भयो । जिल्लाको उत्तरी भेगको विकटमा पर्ने वस्तिबाट राम्रो शिक्षा दिने लोभ देखाई भारतको सितामडी लगि वन्धक अवस्थामा राखिएका १५ भन्दा वढि वालवालिकाको अहिले उद्धार शुरु भएको छ । ति वालवालिकालाई किन त्यहाँ लगियो भन्ने खुल्न नसकेपनि उनिहरुलाई सकुशल उद्धार गर्न भारतीय प्रहरी प्रशासन र वाल कल्याण समितिले सहयोग गरेपछि उद्धार कार्य अघि बढेको र वालवालिकाको अभिभावक खोजी जिम्मा लगाउने काम भईरहेको छ ।

धादिङ जिल्लामा रहेर वालवालिकाको हक हितका निम्ति काम गरिरहेका गैर सरकारी संस्थाका प्रतिनिधिहरुले पछिल्लो समयमा वालवालिकामाथि हिंसा बढ्दै गएको वताएका हुन ।
राजधानी र देशका अन्य ठुला शहरको नजिक रहेका कारण धादिङ जिल्लाका वालवालिकालाई घर छाडेर भाग्न सजिलो हुने गरेको पाईएको छ । शहर वजारमा पुगेपछि धेरै कुरा पाईने प्रलोभनमा पारेर वालवालिकालाई ल्याउन गाउँ गाउँमा दलालहरु पुग्ने गरेको गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल वताउनुहुन्छ ।
आफन्त र चिनजानका मान्छेहरुलेनै धादिङका ग्रामीण भेगबाट वालवालिकालाई काठमाण्डौं देखि भारतीय वजार सम्म लगिरहेको घटना वाहिर आएपछि वालवालिकाको क्षेत्रमा कार्यरतहरुले चिन्ता व्यक्त गरेका हुन । व्यवसायिक बाल यौन शोषण बिरुद्ध जिल्लाका विभिन्न स्थानमा चेतनामुल्क कार्यक्रम सञ्चालन गर्दै आईरहेको आवाज अभियान नेपालले बाल यौन शोषण तथा यौन हिंसाको अवस्था भयावह वन्दै गएको वताएको छ ।
धादिङ जिल्लामा भईरहेका घटनाहरुको वारेमा जिल्लाका पत्रकारहरुलाई जानकारी गराउने उद्धेश्यले संस्थाले समय समयमा पत्रकारहरुका बिच अन्तरक्रिया गर्दै आईरहेको छ । संस्थाले फ्रिडम फण्ड र जेनेभा ग्लोवलको सहयोगमा जिल्लामा ६६ किशोरी समूह,४० वाल क्लव,१४ आमा समूह,९ गाउँ बाल संरक्षण समिति ,८ बिद्यालय व्यवस्थापन समिति र ८ शिक्षक अभिभावक संघ संग सहकार्य गरी बाल अधिकार संरक्षण र व्यवसायिक वाल यौन शोषण बिरुद्ध काम गरिरहेको संस्थाका अध्यक्ष केशव दुवाडठीले वताउनु भयो ।