स्कुल होइन, जेलमा छन् बालबालिका

720 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jelmaधादिङ । भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सल्यानटार–१ का दुई बर्षीय सूचक थपलिया १० महिनादेखि कारागारमा छन् । आमा सुस्मिता र बाबु चन्द्रप्रसादले गरेको दोषको सजाय सूचकले पनि भोगिरहेका छन् । आमाबाबु नै अपराधमा संलग्न भएपछि बालबालिकाको रेखदेख गर्ने मान्छे घरमा नहुँदा उनीहरु जेल बस्न बाध्य भएका हुन् । सेर्तुङ–५ का बादल तामाङ कारागारमा छन् । बादल दुई बर्षका भए । घरमा हेरचाह गर्न कोही नहुँदा कर्तब्यज्यान मुद्दामा तीन बर्षको कैद सजाय भोगिरहेकी आमासँग जेल बस्नु बादलको बाध्यता हो । सूचक र बादलसँगै अर्का एक बालक र दुई बालिका पनि कारागारभित्रै अध्यारा दिन बिताइरहेका छन् । थाक्रे–९ का मिलन चेपाङ, कटुन्जे–७ की बर्षा बीक र लापा–८ की देवीमाया विक पनि आमाले गल्ती गरेका कारण जेलमा आइपुगेका हुन्।