धनियाँकै लागि बाहिरिन्छ बर्सेनि आधा अर्ब

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1f525c11a5435f914cea58cbeaa6479bकाठमाडौंः नेपालीको भान्सामा मसलाको रूपमा प्रयोग हुने धनियाँका लागि बर्सेनि आधा अर्ब रुपैयाँ बाहिरिने गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि धनियाँका लागि आधा अर्ब रुपैयाँ बाहिरिने गरेको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आथिक वर्ष ०७२/७३ मा ४९ करोड ६६ लाख  ८ सय २७ रुपैयाँबराबरको ९ लाख ६४ हजार  ३ सय ४७ किलो धनियाँ आयात भएको छ कारोवार डेलिमा खबर छ ।

छिमेकी मुलुक भारतबाट धनियाँ बढी आउने गरेको छ । केन्द्रका अनुसार आव २०७१÷७२ मा ४२ करोड ५३ लाख ७३ हजार ३ सय ५७ रुपैयाँको  २ लाख २७ हजार ९ सय ६४ किलो धनियाँ आयात भएको थियो ।

त्यसैगरी आव ०७०/७१ मा ३८ करोड ३६ लाख १२ हजार १ सय १ रुपैयाँको ४ लाख ६१ हजार ३ सय ५ किलो धनियाँ आयात भएको छ । तीन आर्थिक वर्षलाई तुलना गर्दा नेपालमा धनियाँ आयात प्रत्येक वर्ष बढेर गएको देखिन्छ ।

नेपालमै उत्पादन गर्न सकिने धेरै सम्भावना भए पनि उत्पादन बढाउन नसक्दा यसका लागि बर्सेनि ठूलो रकम खर्चनु परेको छ । मुलुकमा धनियाँको खपत बढ्दै गएकाले पनि बर्सेनि आयात बढ्दै गएको केन्द्रको तथ्यांकले देखाएको छ ।

मुलुक कृषि प्रधान भए पनि स्थानीयस्तरमा उत्पादन बढाउन नसक्दा धनियाँमा समेत परिनिर्भर बन्नु परेको हो । केन्द्रका वरिष्ठ तथ्यांक अधिकृत कृष्णराज बजगाईंले स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि मुलुकमा धनियाँको आयात बढ्दै गएको बताए ।

खपत बढ्दै गएकाले पनि धनियाँको आयातमा वृद्धि हुँदै गएको उनको भनाई छ । केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालले भारतबाट १ अर्ब २ करोड ८४ लाख २० हजार ७८ रुपैयाँको ५८ लाख  १६ हजार ७ सय ४८ किलो जिरा आयात गरेको थियो ।

आव ०७०/७१ मा भने ६२ लाख ९७ हजार रुपैयाँ बराबरको जिरा आयात भएको थियो । आर्थिक वर्ष ०६९÷७० मा भने नेपालले चीनबाट समेत जिरा आयात गरेको थियो ।

सो अवधिमा मुलुकमा ७७ करोड ३२ लाख ७३ हजार ४ सय ९७ रुपैयाँबराबरको ५६ लाख १ हजार ९ सय २४ किलोग्राम जिरा आयात भएको थियो । मुलुकभित्रै धनियाँ उत्पादन गर्न सकिने सम्भावना रहेको कृषि विज्ञहरूको भनाइ छ । तर, किसानले यसतर्फ चासो नदेखाउँदा बर्सेनि ठूलो रकम बाहिरिने गरेको छ ।