स्थानीय अगुवा महिलालाई प्रस्तावना लेखनमा दक्ष बनाउन तालिम

1872 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

talim_arthasansar-2
धादिङ – स्थानीय महिला समूह,सहकारीका प्रतिनिधि र रिफ्लेक्ट सहजकर्ताहरुको लागि संचालित २ दिने प्रस्ताव लेखन तालीम मंगलबार सम्पन्न भएको छ । 

    “महिला सम्मानको आधार : सीपयुक्त हात स्वरोजगार” अन्तराष्ट्रिय तथा “बदलिदो परिवेशमा कामकाजी महिलाःसन् २०३० सम्ममा बराबरी पाईला”भन्ने राष्ट्रिय नाराका साथ मनाईन लागेको १०७ औं अन्र्तराष्ट्रिय महिला दिवस फाल्गण २५ को अवसरमा आयोजित तालीममा दार्खा र कुम्पुरका गरी २५ जना स्थानीय महिला समूह,सहकारीका प्रतिनिधि र रिफ्लेक्ट सहजकर्ताहरुको सहभागीता रहेको प्रयास नेपाल धादिङका लैगिक संरक्षण अधिकृत रेनुका रुपाखेतीले जानकारी दिइन् । 

    स्थानीय महिला समूहका प्रतिनिधि र रिफ्लेक्ट सहजकर्ताहरुको लागि संचालित तालीममा सामाजिक विकास कार्यक्रमका लागि प्रस्तावना पत्रको तयारी र बजेट र कार्यायोजना तयारी,महिलालाई प्रत्यक्ष फाइदा पुग्ने आयोजनाहरु,आर्थिक तथा सामाजिक रुपमा पछि परेका विपन्न वर्गहरुले प्रत्यक्ष फाईदा पाउने आयोजनाहरुको लागि बिनियोजित रकम लक्षित बर्गले माग गर्ने तरीका,उपभोक्ता समितिको बैठकका निर्णय लेखन, उपभोक्ता समितिले गाउँ विकास समितिमा पेश गर्नुपर्ने प्रगति विवरणको खाका लगायतका बिषयमा महिला तथा बालबालिका कार्यालयका प्रमुख साबित्री थापा रावल, दार्खा गाउँ विकास समितिका सचिव दुर्गा शाही,प्रयास नेपाल कार्यकारी निर्देशक दामोदर अर्याल,कार्यक्रम व्यवस्थापक लोकेन्द्र खड्का,अक्सफामका लैगिक संरक्षण अधिकृत सरिता राईले बिषयबस्तुको बारेमा जानकारी गराईन ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) र अक्सफामको साझेदारीमा सञ्चालित नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्र्तगत तालीम सम्पन्न भएको हो ।    महिलालाई प्रत्यक्ष फाइदा पुग्ने आयोजनाहरु,आर्थिक तथा सामाजिक रुपमा पछि परेका विपन्न वर्गहरुले प्रत्यक्ष फाईदा पाउने आयोजनाहरुको लागि बिनियोजित रकम लक्षित बर्गले माग गर्न नै नआउने कारणले गर्दा समयमा र प्रभावकारी रुपमा संचालन गर्न समस्या आएको गाउँ विकास समितिको कार्यालयका कर्मचारीहरुले बताउने गरेको महिला अगुवा कार्यकर्ताहरुको भनाई रहेको छ ।

गाउँ विकास समिति अनुदान सञ्चालन कार्यविधि, २०६७ ले तोकेको ढाँचामा महिला अगुवाहरुलाई प्रस्ताव,प्रतिवेदन तथा प्रतिवेदन लेखन तालीम संचालन पछि महिलाहरुले लक्षित बर्गमा बिनियोजित रकम नेपाल सरकारले तोकेको ढाँचामा माग गरी कार्यान्वयन गर्न सक्ने क्षमता विकास भएको दार्खाकी महिला अगुवा शोभा तामाङको भनाई रहेको छ ।