logo

आज फागु पूर्णिमा पहाडी क्षेत्रमा होली मनाइ“दै

1468 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

holiरङहरुको पर्व अर्थात फागु पूर्णिमा आइतबार पहाडी क्षेत्रमा धुमधामका साथ मनाईंदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । होली खेल्न सदरमुकाम धादिङबेसीका साथै जिल्लाका विभिन्न स्थानमा युवा युवती र वालवालिकाहरु आ–आफ्नो समूहमा भेला भएर रमाईलो गरिरहेका छन । रङ्ग दलेर एकआपसमा खुसि साटासाट पनि गरिरहेका छन् ।एकआपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरी हर्षोल्लाससाथ आइतबार उपत्यका तथा पहाडी क्षेत्रमा होली पर्व मनाइ“दै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्वलाई फागु पनि भन्ने गरिन्छ । यो वर्ष पहाडी जिल्ला तथा उपत्यकामा आइतबार होली मनाए पनि तराईमा भने सोमबार मनाइ“दै छ ।

गत आइतबार बिहानी शुभसाइतमा बसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि होली पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतु आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अबिर एकआपसमा दलेर होली खेल्ने परम्परा छ । होलीकै भोलिपल्टबाट ऋतुराज वसन्त ऋतुको आगमन हुने विश्वास छ ।

विशेषगरी, तराईमा विशेष उल्लाससाथ मनाइने होली पछिल्लो समय नाचगान गरेर, साथीभाइ आपसमा मिलेर मनाउने गरिएको छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ ।होलिकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको धार्मिक ग्रन्थमा उल्लेख छन् ।

भक्तपुर बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयलको रुखको हाँगालाई विशेष पूजा गरेर चीर ठड्याउने चलन छ ।

यसैगरी, ललितपुर र भक्तपुरमा समेत बाँस र मयलका रुख ठड्याई त्यसमा विभिन्न रङको कपडा फहराउने गरिन्छ । होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिए पनि पछिल्लो समय पानीकै बढी प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु, घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic