नेपाल शिक्षक संघ धादिङको अध्यक्षमा बिष्णु अधिकारी विजयी

1008 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17201269_1238766086191411_3818769221533090942_nनेपाली कांग्रेस निकटको शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ धादिङको अध्यक्षमा बिष्णु अधिकारी विजयी भएका छन । संघको आठौं जिल्ला अधिबेशनबाट अध्यक्ष पदका प्रत्याशि ध्रुव रिजाल र तुलसीप्रसाद अधिकारीलाई पराजित गर्दै बिष्णु अध्यक्षमा निर्वाचित भएका हुन । बिष्णुले २०७,रिजालले २०३ र तुलसीले १३१ मत पाएका थिए ।
संघको जिल्ला कार्य समितिको उपाध्यक्षमा नरहरी लम्साल (३७२), सचिवमा देवीप्रसाद छत्कुली (२८७), अर्थ सचिवमा गोपालप्रसाद अधिकारी(४२१),सह सचिवमा अर्जुनप्रसाद अधिकारी(२७५) मत पाएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष पदमा पराजित रामेश्वर रिजालले १८६, सचिवमा रामहरी कोईरालाले १३२,बद्रीप्रसाद रेग्मीले ११६, सचिव अर्थमा नवराज धितालले १०८,सह सचिवमा रामकाजी अधिकारीे १२७ र राजेन्द्र सिम्खडाले ११८ मत ल्याएका थिए ।
यसै गरी जिल्ला कार्य समितिको सदस्यहरुमा बिष्णुप्रसाद खतिवडा ( २६६),प्रकाश पौडेल (२५६), रोहीणी प्रसाद कोईराला (२२८),भवनाथ कोइराला (२२३) र दिवाकर रिजाल (२१३) मत पाएर निर्वाचित भएका छन । पांच जना खुल्ला सदस्यका लागि ९ जना चुनावी मैदानमा उत्रिएका थिए । सदस्य पदमा पराजित हुनेहरुमा मनोज कार्की १७८,लोकबहादुर तामाङ १५९,शिवप्रसाद अर्यालले १६२ मत ल्याएका थिए ।
संघीय महाधिबेशन प्रतिनिधिमा दिपक सिम्खडा, ध्रुव अधिकारी, शिवहरी अधिकारी,रुद्रवहादुर रिजाल र ऋषिश्वर वुर्लाकोटी चयन भएका छन । महाधिबेन प्रतिनिधिमा पांच जनाका लागि ६ जनाका बिच चुनाव भएकोमा हरि तामाङ पराजित भएका हुन ।शुक्रबार देखि शुरु भएको अधिबेशन शनिवार राती निर्वाचन परिणाम घोषणा भएर सम्पन्न भएको थियो । सहमतीबाट कार्य समिति चयनको प्रयास सफल नभएपछि शनिवार निर्वाचन भएको थियो ।