टेलिकमले सीडीएमएमा लगानी नगर्ने

971 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesकाठमाडौं । नेपाल टेलिकमले सीडीएमए (कोड डिभिजन मल्टिपल एक्सेस) प्रविधिमा आधारित दूरसञ्चार सेवा विस्तारमा थप लगानी नगर्ने भएको छ । टेलिकमले सीडीएएम प्रविधिमा आधारित ‘फिक्स्ड’ लाइन, मोबाइल र इन्टरनेट कुनै पनि सेवा विस्तारमा थप लगानी नगर्ने भएको हो ।
यो प्रविधिमा थप लगानी नगरिए पनि पहिलेदेखि नै चलिरहेका सेवालाई भने कायमै राख्नेछ । ग्राहकले सेवा चलिरहेका क्षेत्रमा यो प्रविधिको फोन तथा सिमकार्ड (रिम) समेत किन्न र चलाउन पाउनेछन् । नयाँ क्षेत्र र पुरानै क्षेत्रमा पनि सेवाको विस्तार भने हुने छैन । ‘सीडीएमए प्रविधि संसारभरबाट फेजआउट हुँदै गएको छ,’ सूचना तथा सञ्चार सचिव एवं नेपाल टेलिकमका अध्यक्ष महेन्द्रमान गुरुङले भने, ‘फेज आउट भएको प्रविधिमा थप लगानी गर्नु जरुरी छैन ।’