नेशनल माइक्रोफाइनान्समा ३८ हजार आवद्ध

929 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2071-12-4 National Microfinanceधादिङ–नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले ३८ हजार परिवारमा वित्तिय सेवा प्रदान गरेको छ । २०७१ आषाढ १८ गतेबाट विधिवत रूपमा सञ्चालनमा आएको वित्तिय संस्थाले दुई वर्षमा २९ जिल्लाका ३१ वटा शाखा मार्फात २१ करोड ६२ लाख निक्षप संकलन गरेको छ । ३८ जना शेयरधनीको ७ करोड संस्थापक शेयर रहेको संस्थामा २४ हजार ४१ जना सर्वसाधरणधनीको ३ करोड शेयर पूजिँ रहेको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्थाले १ अर्व ३५ करोड लगानी गरी ३ करो ८३ लाख १८ हजार १ सय ७६ रुपयाँ नाफा गरेको वार्षिक प्रतिवेदन अध्यक्ष केशव प्रसाद आर्चायले प्रस्तुत गरे ।
आर्थिक वर्ष २०७२÷०७३ असार मसान्तसम्म संस्थाले २८ हजार २ सय २२ जनालाई समूह आवद्ध गरी २१ हजार ४ सय ९५ जनालाई ऋण लगानी गरेको छ । ३१ जिल्लाका विपन्न परिवारलाई कुखुरा पालन, तरकारी खेती, वाख्रा पालन, वंगुर पालन, साना व्यावसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गरेको छ । नेपाल राष्ट्र बैंक बाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्थामा अध्यक्ष केशव प्रसाद आचार्य, सञ्चालक सदस्यमा गंगा प्रसाद उप्रेती रबिन सिजापति, बरुण श्रेष्ठ, राजिब गिरी र नरेन्द्र प्रसाद छत्कुल्ली सहित ६ जना रहेकाछन् । धादिङबेसीमा शुक्रवार सम्पन्न भएको साधारण सभाले सर्बसाधारणको तर्फबाट सञ्चालकमा बद्री प्रसाद प्याकुरेल र राम कुमार तिमल्सिनालाई निर्वाचित समेत गरेको छ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.को प्रवद्र्धन नेपाल इन्भेष्टमेण्ट बैंक लि., कुमारी बैंक लि. सहित सातवटा बैंक तथा वित्तीय संस्था र नेपालका ख्यातीप्राप्त व्याक्तिहरूबाट गरिएको नेपाल राष्ट्र बैंक बाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो ।