त्रिशूलीको धमिलो पानीमा राष्ट्रिय झण्डा र पञ्चेबाजा सहित जलयात्रा

1813 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

केशव अधिकारी
धादिङ  ५ चैत्र – हिउंद होस या बर्षा त्रिशूली नदी संधैभरी धमिलो भएर वग्ने गर्दछ । धार्मिक,साँस्कृतिक, पर्यटकीय तथा जैविक विविधताले महत्वपूर्ण मानिएको त्रिशूली नदीको अस्तित्व संकटमा पर्दै गएपछि नदी बचाउन विभिन्न खाले दवाव र अभियानहरु संचालन हुंदै आईरहेका छन । सिमित व्यक्तिको आर्थिक लाभका लागि नदीमा अतिक्रमण र प्रदुषण वढ्न थालेपछि अभियानकर्ताहरु दवावमुलक कार्यक्रम मार्फत राज्यको ध्यानाकर्षणमा जुटेका हुन । विश्व पानी दिवसको पूर्व सन्ध्यामा जलयात्राको ऐतिहासिक महत्व बोकेको त्रिशूली नदीमा शनिवार नेपालमै पहिलो पटक राष्ट्रिय झण्डा र पञ्चेबाजासहित जलयात्रा सम्पन्न गरेको छ ।

????????????????????????????????????

सयौ अभियान कर्ताहरुले राष्ट्रिय झण्डा र पञ्चेबाजासहित आदमघाटबाट बेल्खुखोला दोभानसम्म पदयात्रा र त्रिशुली नदीमा बेल्ुखखोला दोभानदेखि मलेखुसम्म जलयात्रा गरेर पानी र जलयात्राको महत्वका वारेमा सार्वजनिक सन्देश प्रवाह गरेका हुन ।
त्रिशूली नदी स्वच्छ, सफा राख्दै यूवाहरुलाई जलयात्रामा आर्कषण गर्न पदयात्रा र जलयात्रा गरेको आयोजकहरुले बताएका छन । नेपालमै पहिलो पटक जलयात्राको शुरुवात गरेको त्रिशूली नदी केही वर्षयता निकै प्रदुषित वन्दै पर्यटनको आकर्षण गुमाउन पुगेको पर्यटन व्यवसायीहरु वताउँछन ।
राजधानी काठमाण्डौंबाट प्रमुख पर्यटकीय क्षेत्र चितवन, पोखरा र लुम्विनी जाने पर्यटकहरुको आकर्षणको केन्द्र त्रिशूली सदावहार धमिलो बन्दै जान थालेपछि पर्यटकहरु अन्य स्थानमा जान थालेको जलपर्यटन व्यवसायीहरुको गुनासो छ । पहिलो जलयात्रा शुरु भएको त्रिशूली नदीलाई जोगाउन देश विदेशमा सन्देश पु¥याउने लक्ष्यका साथ पहिलो पटक राष्ट्रिय झण्डा र पञ्चेबाजासहित जलयात्रा सम्पन्न गरिएको कोर एडभेन्चर नेपाल प्राइभेट लिमिटेडका भिष्मराज थपलियाले बताए ।
त्रिशुली नदी त्रिभुवन विमानस्थलबाट सवभन्दा नजिक र जलयात्राका लागि सुरक्षित नदी मानिन्छ । राजधानीबाट अन्य ठुला शहर जोड्ने मुख्य त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग त्रिशूली नदी किनारमै रहेकोले पनि यस नदीको महत्व रहेको छ । नदीलाई स्वच्छ र सफा राख्न सरकारले साथ दिनु पर्छ दशौ हजार आन्तरिक तथा वाह्रय पर्यटकलाई जलयात्रा गराउन सकिने सम्भावना अझै पनि रहेको थपलिया बताउँछन ।
त्रिशूली नदीको हैसियत दिनप्रतिदिन बिग्रदै गएपछि त्रिशुली बचाउ साझा सञ्जाललाई त्रिशूली बचाउन महाअभियानका रुपमा प्रचार प्रसार र विभिन्न कार्यक्रमहरु गर्न सचेत समुदाय स्वतफुर्तरुपमा लागेको सञ्जालका संयोजक उत्तम कडेल बताउँछन । त्रिशूली नदीलाई सम्पदा नदीका रुपमा घोषण गर्नु पर्ने, राजनीतिक दल स्थानीय प्रशासन र तस्करहरु बिचको मिलेमतोमामा हुने नदी जन्य भ्रष्टचार बन्द गरिनु पर्ने र त्रिशूली नदीलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको रुपमा विकास गर्नु पर्ने त्रिशूली बचाउन महाअभियानको माग रहेको छ । नदीको उत्खनन् र दोहोन रोख्नु पर्ने, भुगर्भ विज्ञान समुहको विद्यार्थीको अध्ययान केन्द बनाउनु पर्ने, नदी माथी जनताको अधिकार स्थापित गरिनु पर्ने जनता र अभियान्ताहरुको सुरक्षा व्यवस्था गरिनु पर्ने माग महाअभियानको रहेको प्रकृति सम्पदा संरक्षण समितिका संयोजक श्रवण कुमार त्रिपाठीले बताए ।
एक दशक अघि सम्म त्रिशूली नदीको पानी नदी आसपासका मानिसहरुले पिउनका लागि समेत प्रयोग गर्ने गरेपनि अहिले भने छुन पनि घिन लाग्ने अवस्थामा पुगेको गजुरीटारका शुदर्शन पण्डित वताउँछन । खानीबाट निकालिएको वालुवा धोएको पानी शुद्धिकरण नगरी नदीमा मिसाउनाले र नदी आसपासका वजार तथा बस्तिबाट सिधै फोहोर नदीमा मिसाईदिनाले त्रिशूली नदी धमिलो बग्ने गरेको हो । नदी धिमलो बग्दा स्थानीय बासिन्दाले नदीमा नुहाईधुवाई, लुगाकपडा धुन, पिउने पानी प्रयोग गर्नमात्रै होइन र लास जलाउन आउने मलामिले समेत नुहाईधुवाई गर्न नपाएको स्थानीयको गुनासो छ ।
नदी किनार र वगरमा स्काभेटरहरु समेतको प्रयोग गरेर उत्खनन गर्दा पर्यावरणमा असर पर्ने र स्थानीय मजदुरको रोजीरोटी खोसिएको भन्दै विरोध भईरहेको छ । ७ वर्ष अघिबाट शुरु भएको त्रिशुली बचाउ साझा अभियानमा अहिले देशविदेशमा रहेका युवाहरु सामाजिक सञ्जाल मार्फत जनचेतनामुलक अभियानमा जुटेका छन ।

जलयात्राका केही झलक हेर्नुहोस तस्बिरमा

17362638_161326137720215_3238033250975494540_n

17362596_161326167720212_2867884108116537592_n

17308911_161326181053544_901309363236562263_n