नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी र नयाशक्ति एकिकरण हुने : अध्यक्ष असोक राई बन्दै

791 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

The then UCPN-Maoist leader Baburam Bhattarai (left) and UCPN-Maoist Chairman Pushpa Kamal Dahal. Photo: THT

Ashok-Raiकाठमाडौं । चुनाव नजिकिंदै  जादा पहिचान सहितको संघीयता पक्षधर ३ ठूला पार्टीहरू एकिकरण हुने खबरले आज राजधानी तातिएको छ । आज विहान बालुवाटारमा बसेको दोस्रो बैठकले एकिकरण गर्ने पक्का भएको हो ।

संघीय समाजवादी फोरम नेपाल, नेकपा (माओवादी केन्द्र) र नयाशक्ति पार्टीका शिर्षष्थ नेताहरूले सयुक्तरूपमा जारी विज्ञप्तिमा उक्तकुरा उल्लेख गरेका छन ।

पछिल्लो समय पहिचानको मुद्धालाई छोडदै गएपछि नेकपा माओवादी केन्द्रले जनाधार गुमाउदै गएको, संघीय समाजवादी तिब्ररूपमा देशब्यापी फैलिन्दै गएको र नयाँ शक्तिले चुनाब चिन्ह नै प्राप्त गर्न नसकेको कारणहरू आआफनो ठाँउमा रहेपनि मुद्धाको निम्ति एकैठाँउमा उभिन परेको कुरा नयाँ शक्तिका संयोजक भट्टराईले बताउनु भयो ।

एकिकरण पछि पार्टीले माओवादीपथ माने पनि पार्टीको नाम ‘सोसलिष्ट पार्टी’ मात्र राख्ने की भन्ने छलफल भएको बताईएको छ । चुनाव चिन्ह माओवादी कै रहने र झण्डा नयाशक्तिको रहने बताईएको छ । एकिकरण पछि नेतृत्वमा कार्यकारी अधिकार सहितको ३ विशिष्ट नेताहरूमा क. प्रचण्ड, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई रहने र पार्टी अध्यक्षमा असोक राई रहने सहमति भएको जनाईएको छ । बिषम परिस्थितिमा भद्र र सालिन ब्यक्तित्वले सबैलाई अगाडि लैजान सक्छ भन्ने विश्वासको साथ राईलाई पार्टी अध्यक्षमा सहमति भएको जनाईएको छ । पार्टी एकिकरणको घोषणा यहि बैशाक पहिलो हप्ता खुल्लामन्चमा हुनेछ ।

परिवर्तनका संवाहक यी ३ पार्टीहरूको एकिकरण संगै एमाले र काँग्रेसलाई ठूलो झडका लागेको र अागामी चुनाबमा मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी नेता राईले गरेका छन । राजनीतिमा पार्टी भन्दा ठूलो राजनैतिक मुद्धा भएकोले ३ पार्टीहरूको एकिकरणलाई एउटा सुखद बिहानी हो भनी वरिष्ठ मानव अधिकारकर्मी पद्मरत्न तुलाधरले प्रतिक्रिया दिनु भयो । प्राप्त उपलब्धिहरूलाई सस्थागत गर्दै अग्रगामी छलांग मार्न नेता तथा कार्यकर्ताहरूबाट पार्टी एकता वा मोर्चाबन्दी गर्न दबाब आईरहेको, बिस्तृत एकताको आवश्यकता खडकी रहेको कारण अन्तत: पार्टी एकताको बिन्दुमा पुग्नु ठूलो उपलब्धि भएको माओवादी केन्द्रका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ ले बताउनु भयो ।

स्रोत: विश्वदिप तिगेला / अप्रिलफूल