धादिङमा छुट्टा छुट्टै तीन दुर्घटना १ को मृत्यु १६ घाईते

833 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ  –शनिवार धादिङ जिल्लाको छुट्टा छुट्टै ३ स्थानामा भएको दुर्घटनामा परि जनाको १ ज्यान गएको छ भने १ जना घाईते भएका छन ।

 धादिङको सिद्दलेक गाउँपालिका–१ चिसापानीमा ट्र्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ

सामान ओसारपसार गर्दै रहेको ना५त ५११८ नं को ट्र्याक्टरले ठक्कर दिँदा सोही स्थानका आठ वर्षीया शान्ति भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङको थाक्रे गाउँपालिका अन्र्तगत सिम्ले बजारमा ट्रकको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । काठमाण्डौँबाट विरगन्ज तर्फ जाँदै गरेको ना ६ ख ३४३३ नम्बरको ट्रकले शनिवार सांझ ५ बजे साविकको भुमेस्थान ६ कि ८ बर्षिया सुजिता कुँवरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । खुट्टामा चोट लागेको कुँवरलाई उपचारको लागि काठमाण्डौँ लगिएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।यसैगरी पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिकाअन्तर्गत चालिसेमा माइक्रोबस र टिपर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा १५ जना घाइते भएका छन् ।

इप्रका गजुरीका अनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना५ख ११७३ नं को माइक्रोबसलाई विपरीत दिशाबाट आएको ना५ख ९३१३ नं को टिपरले ठक्कर दिँदा माइक्रोबसका १५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।