ककनीमा मिनिट्रक पल्टिदा २ को मृत्यु, २ घाइते

612 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट । ककनीमा कुखुरा बिकेको मिनिट्रक पल्टिदा २ जनाको मृत्यु भएको छ । पासाङ ल्हामु राजमार्ग अन्तरगत नुवाकोटको ककनी गाउँपालिका–४ हाकुलेमा बिहान कुखुरा बोकेको मिनिट्रक दुर्घटना हुँदा २ को मृत्यु र अरु दुई जना गम्भीर घाइते भएका हुन् । बेलकोटबाट कुखुरा बोकेर काठमाडौंका लागि छुटेको बा २ ख ४२५१ नम्बरको मिनिट्रक बिहान पौने ३ बजे सडकबाट दुइ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा गाडीधनी बेलकोटगडीका सुजन न्यौपाने र चालक २४ वर्षिय मछिन्द्र पुडासैनी रहेको प्रहरीले जनाएको छ । घाइते दुइ जनाको अहिले बिर अस्पतालमा ल्याइ उपचार भइरहेको छ ।