एमालेको घोषणापत्रः पाँच लाख युवालाई रोजगारी , जेष्ठ नागरिकलाई ५ हजार बृद्ध भत्ता

933 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, वैशाख १५– नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह २ बजेबाट सुरु भएको छलफलपछि पार्टीले सो घोषणा पत्र पारित गरेको हो। वैठकमा एमाले प्रदीप ज्ञवालीले पार्टीको घोषणापत्र पढेर सुनाएका थिए।
घोषणापत्रलाई सम्पादन गरी छपाइमा पठाउन तीन सदस्य सम्पादन समिति गठन गरिएको छ । सम्पादन समितिमा नेता भीम रावल, प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डे रहेका छन् ।
घोषणापत्र वैशाख १७ गते दिउँसो ३ बजे एक कार्यक्रमकाबीच सार्वजनिक गरिने कार्यक्रम रहेको छ  ।

घोषणा पत्रमा पार्टीले वार्षिक चारदेखि पाँच लाखसम्म रोजगारी दिलाउने बताइएको छ। यसका साथै बृद्ध भत्ता पनि मासिक ५ हजार रुपैयाँ पुर्‍याउने उल्लेख छ।
मुलुकको आर्थिक विकाशका साथै रेल, ऊर्जा लगायत अन्य पूर्वाधार विकाशका विषयलाई पनि स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको घोषणापत्रमा उल्लेख गरेको छ ।
त्यस्तै घोषणा पत्रमा देशमा गरिबी र बाह्य चलखेल सहन नसकिने र मुलुकले एमालेको नेतृत्वमा छोटो समयमै आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ।