धादिङका गाउँपालिका र नगरपालिकामा एमालेले छान्यो उम्मेदवार

642 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धादिङले उम्मेदवार छनौट गरेको छ । २ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङका सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवारहरु छनौट गरिएको नेकपा एमाले धादिङले जनाएको छ । जसअन्तर्गत धुनीबेसी नगरपालिकाको मेयरमा बालकृष्ण आचार्य र उपमेयरमा निरु खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी नीलकण्ठ नगरपालिकाको मेयरमा अर्जुन कुमार श्रेष्ठ गोर्खाली र उपमेयरमा गंगादेवी श्रेष्ठलाई छनौट गरेको छ ।
यसैगरी रुबीभ्याली गाउँपालिकाको अध्यक्षमा जीवन तामाङ र उपाध्यक्षमा डिलमाया तामाङ, खनियाबास गाउँपालिकाका अध्यक्षमा प्रदिप फ्युवा र उपाध्यक्षमा सुष्मा तामाङ, नेत्रावती गाउँपालिकाको अध्यक्षमा दुर्गाकुमार शाक्य (नारायण) र उपाध्यक्षमा मिना तामाङ, गंगाजमुना गाउँपालिकाको अध्यक्षमा बलबहादुर अधिकारी र उपाध्यक्षमा एञ्जिला तामाङ, त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा शम्भु थापा र उपाध्यक्षमा कृष्णमाया थापा, ज्वालामुखि गाउँपालिकाको अध्यक्षमा रामप्रसाद अधिकारी र उपाध्यक्षमा जानुका सिंखडा, सिद्धलेक गाउँपालिकाको अध्यक्षमा प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मा, बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा गिरीराज कडेंल र उपाध्यक्षमा मायादेवी शर्मा, गजुरी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र विक्रम बस्नेत र सिता ढुंगाना, गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरी श्रेष्ठ र उपाध्यक्षमा राधा तिमिल्सिना, थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य र उपाध्यक्षमा अम्बिका रुपाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले धादिङका कार्यालय सचिब प्रेमनाथ सिलवालले बताउनुभयो । सबै गाएँपालिका र नगरपालिकामा सर्वसम्मत रुपमा उम्मेद्वार छनौट गरिएको एमालेले जानकारी दिएको छ ।

स्थानीय तहको सबै क्षेत्र जित्ने दावी
यसैविच नेकपा एमाले धादिङले आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाको सबै स्थानीय तहमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएको छ । लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा जनताहरुमा उत्साह बढेको र त्यसमा पनि नेकपा एमालेप्रतिको जनलहर बढेकोले पनि यसपटक एमालेको जित सुनिश्चित रहेको नेकपा एमाले धादिङ अध्यक्ष एवं जिल्ला निर्वाचन परिचालन समितिका संयोजक भूमि त्रिपाठीले बताउनुभयो ।
२०५१ मा बनेको नेकपा एमालेको अल्पमतको सरकारको पालमा भएका राम्रा कामले जनलहर अझै एमालेमा रहेको त्रिपाठीले बताउनुभयो । त्यसबखत प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा रहेको एमाले सरकारले पहिलो पटक बृद्धबृद्धाहरुको लागि मासिक भत्ताको व्यवस्था, महिला अधिकार, दलित अधिकार, आफ्नो गाउँ आफैं बनाऔं भन्ने अभियान, हरेक गाविसमा बजेट पु¥याउने कार्य लगायतका धेरै लोकप्रिय कामको परिणाम राम्रो रहेको भन्दै त्रिपाठी एमालेको जित सुनिश्चित रहेको दाबी गर्नुभयो । ‘म नेपाली हुँ भनेर दावी गर्ने हरेक नेपालीले एमालेलाई भोट हाल्नेछन्’ त्रिपाठीले भन्नुभयो । त्यसो त स्थानीय तहको निर्वाचन २०५४ मा पनि ५० गाविस मध्ये २९ गाविस जितेको थियो ।