आचारसंहिता विपरित कांग्रेस कार्यकर्ताद्धारा स्कुल बसको प्रयोग

919 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

congress-karyakarta (1)
बैशाख १९/ धादिङ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा मंगलबार नेपाली कांग्रेसले स्कुल बस प्रयोग गरी शक्ति प्रदर्शन गरेको छ ।

सल्यानटारमा रहेको बालविकास इंग्लिस बोर्डिङ स्कुलको बसमा बैशाख ३१ गतेको स्थानिय तहको चुनावको उम्मेदवारी दर्ताा गराउन जाँदा नेपाली कांग्रेसले कांग्रेसको झण्डा राखेर शक्ति प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसका कार्यकर्ताले बसमा पार्टीको झण्डा हालेर त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं। १ र २ का गाउँमा नाराबाजी गरेका छन् ।

निर्वाचन आचार संहिता लत्याउँदै मंगलबार विहान विद्यालय समयमै करिब बजे कांग्रेस कार्यकर्ताह?ले बसको छतमा समेत बसेर शक्ति प्रदर्शन गरेको स्थानीयह?ले बताएका छन् । आचार संहिता अनुसार स्कुल बसमा कुनैपनि पार्टीको झण्डा प्रयोग गर्न नपाइने नियमको कांग्रेसले खिल्ली उडाएँका छन् ।
यसै गरी गजुरी गाउँपालिका अन्तर्गत नेपाली कांग्रेसले आचारसंहिता विपरित बिजुलीका खम्बामा आफ्ना झण्डा राखेका छन् ।