धुनिवेसी -३ मा दलित महिला सदस्य उम्मेदवारद्धारा आत्महत्या

2549 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२० बैशाख : धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी विना मिजारले आत्महत्या गरेकी छन ।
maxresdefaultमंगलबार दिउसो धुनीबेसी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर धुनिवेसी नगरपालिका वडा नं ३ मा नेकपा एमालेको लागि दलित तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी मिजारले बुधवार विहान घरभित्रै डोरीको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएकि हुन् ।
धुनिवेसी नगरपालिकाको वडा नम्बर ३ मा परेको साविकको जीवनपुर गाविस वडा नम्बर ७ थुम्की घर भएकी ३५ बर्षिया मिजारले घर भित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिवनपुर प्रहरी चौकीले जनाएको छ । मिजारको श्रीमान, १ छोरी र २ छोरा छन् ।
दलित महिलाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दर्ता गराएपछि उनले नेकपा माओवादी केन्द्रका केही व्यक्तिले उम्मेदवारी फिर्ता दिन दबाब दिएको र फिर्ता नलिए जे पनि हुन सक्ने त्रास देखाएका कारण तनाव सहन नसकेर उनले आत्महत्या गरेको हुन सक्ने एमालेका स्थानीय नेता राजेन्द्र न्यौपालेने बताएका छन ।
उम्मेदवारी दिने चर्चा शुरु भएसंगै विनालाई केही व्यक्तिले डर त्रास देखाउने काम गरेकाले ‘मलाई थर्काइरहेको छ अब म के गरुँ होला भनेर भनेकोमा केही हुँदैन नआत्तिनुस भनेका थियौ तर ज्यानै फाल्नु भएछ, घटनाको निष्पक्ष छानविन हुनु जरुरी छ’ं न्यौपानेले वताए ।
उम्मेदवारी दर्ता गरेर आए पछि खुसी देखिएकी थिइन  तर बुधवार विहानै उनको आत्महत्या हुनुमा कसैको डर,त्रास र धम्की मुख्य कारक हुन सक्ने विनाका श्रीमान भरतबहादुर मिजारले वताएका छन । ‘विहान घर सल्लाह हुंदा मलाई मकै छर्न जानुस, म घरमा बसेर खाना पकाउँछु,  भनेकी थिइन, मैले घर छाडेको केही बेरमा उनले हामी सबैलाई छाडेर गइन’ मेरो श्रीमती कमजोर मान्छे त होइनन तर कसैले मार्ने धम्की दिएकै कारण यस्तो घटना हुन गएको हनुपर्छ।’
विनाले एमालेबाट उम्मेदवारी दिने चर्चा चलेदेखि नै केही व्यक्तिले पटक पटक फोन गरेर थर्काउने, धम्की दिने गरेको नेकपा एमालेले बताएको छ ।