हतियार र नगद २ लाख सहित मध्यरातमा काङ्ग्रेस कार्यकर्ता पक्राउ

623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

निर्वाचन आचारसंहिता  बिपरित मौन अबधिमा चुनाव प्रचार प्रसार गर्नुका साथै मतदातालाई बितरण गर्न नगद बोकेर गाउँ पसेको एक टोलि धादिङको गोगनपानीबाट पक्राउ परेको छ ।

मौन अबधिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्न अबान्छित कार्य भैरहेको सुचनाको आधारमा  खाेजिमा निस्केको शसस्त्र प्रहरी बलको गस्ती टोलिले धादिङ्को थाक्रे गाउँ पालिका ११ ओदालेबाट नेपाली काङ्ग्रेसका अर्जुन तामाङ र माओबादी केन्द्रका १ कार्यकर्ता नगद रु २ लाख,एक थान खुकुरी ,८ वटा स्वस्तिक चिन्ह र नमुना मत पत्र सहित  बिहीबार राती ११ बजे तिर पक्राउ परेका हुन ।पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको स्थानीय प्रहरिले जनाएको छ ।थाक्रे गाउँ पालिकामा नेपाली काङ्ग्रेस र माओबादी केन्द्र मिलेर चुनावी मैदानमा रहेको छ ।