सोमबार बिहानै देखि जिल्लाभरको मत गणना सुरु हुने

817 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -नयाँ ढाँचामा बनेकाे स्थानिय तह अन्तरगतकाे निर्वाचन बैशाख ३१ गते अाईतबार धादिङ जिल्लामा पनि सम्पनन भएको छ । मतदान सम्पनन भई राति अबेर सम्ममा सबै वडाकाे मतपेटिका सम्बन्धित मतदान अधिकृतकाे कार्यालयमा जम्मा गरिएको छ ।

मतगणना भने जेठ १ गते बिहान देखि सुरु हुदैछ ।करिब २ लाख मतदाता रहेको धादिङमा २ नगर पालिका र ११ गाउँ पालिकाको पदाधीकारी चयनका लागि भएको निर्बाचन शान्तिपुर्ण रुपमा सप्पन्न भएको र जिल्लाभर १ लाख ५४ हजार ३ सय ७४ मत खसेको अर्थात ७५ प्रतिशात मत खसेको निर्वाचन आयोग ले जनाएको छ ।सोमबार राती अबेरसम्म जिल्लाभरको मत गणना सप्पन्न भई परिणाम बाहिर आउने अनुमान गरिएको छ ।