धादिङमा मतगणना जारी – एमाले माओवादी -३/ ३ र कांग्रेस १ वडामा विजयी

1010 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dhading-District-08052017042906-1000x0धुनिवेसी नगरपालिकाको वडा नम्बर १ र २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । साविकको छत्रेदेउराली गाविसमा पर्ने धुनिवेसी नगरपालिकाको वडा नम्बर १ मा चन्द्रवहादुर तामाङ र २ मा बलराम कुँबरको प्यानलनै विजयी भएको हो । एमालेले गजुरी गाउँ पालिका वडा नम्बर १ मा पनि प्यानलनै जितेको  धादिङका विभिन्न पालिकाहरुमा मतगणना सुरु गरिएको छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा १ लाख ५४ हजार ३ सय ७४ जनाले मतदान गरेका थिए ।

२ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा  २ लाख ६ हजार २ मतदाता रहेका छन् । कुल मतको ७४.९३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

अहिले जिल्लाको नीलकण्ठ नगरपालिका बाहेक जिल्लाका अन्य गाउँ पालिका र नगपालिकामा मतगणना जारी रहेको छ । नीलकण्ठ नगरपालिकामा भने वडा नम्बर १३ को मतदानमा नेपाली काँग्रेसले अनियमितता गरेको भन्दै नेकपा एमालेले छानविनका लागि  निर्वाचन कार्यालयमा उजुरी दिएपछि यस बिषयमा सर्वदलिय सहमति हुन सकेको छैन ।

 धादिङको थाक्रे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छन  । नेत्रावती गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर पल्ली विजयी भएका छन् ।यसै गरी नेत्रावती गाउँ पालिकाको २ का साथै वेनिघाट रोराङ गाउँ पालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका वडा अध्यक्ष सहितको प्यानल विजयी भएका छन ।