धादिङमा अहिले सम्म एमाले १२ काग्रेस ,माओवादी केन्द्र चार /चार स्थानमा विजयी

946 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ, २ जेष्ठ ।धादिङ जिल्लाको १३ वटै स्थानीय तहको मतगणना कार्य अहिले जारी रहेको छ । आल सम्म सार्वजनिक भएको २० वटा वडामा नेकपा एमालेले अग्रता कायम गरेको छ । पछिल्लो मत परिणाम अनुसार  एमालेले १२  , नेपाली काग्रेसले ४  र नेकपा माओवादी केन्द्रले ४ ओटा वडामा विजय हासिल गरेको छ ।

एमालेले विजयी  वडा हरु

धुनीबेसी नगरपालिका–१  चन्द्र लामा,
धुनीबेसी नगरपालिका २  बलराम कुँवर,
थाक्रे गाउँपालिका–२ राजकुमार पौडेल,
थाक्रे गाउँपालिका ४ गणेशमान वाइवा,
गल्छी गाउँपालिका–१ पूर्ण प्रसाद खतिवडा,
गजुरी गाउँपालिका–१  राजकुमार पंडीत,
गजुरी गाउँपालिका २  चुडामणि कँडेल,
बेनीघाट रोराङ–२  टंककुमार थापा,
सिद्धलेक गाउँपालिका–१  चन्द्र  सिलवाल,
सिद्धलेक गाउँपालिका २  कमल गुरुङ,
ज्वालामूखी गाउँपालिका–१  रामप्रसाद सिलवाल,
रुबीभ्याली गाउँपालिका–१  मेन घलेले विजय हासिल गरेका छन् ।

यसैगरि नेपाली काग्रेसको तर्फबाट
खनियाबास गाउँपालिका–१ बुद्धि तामाङ,
खनियाबास गाउँपालिका २  छेकबहादुर तामाङ,
थाक्रे गाउँपालिका –१  इन्द्रबहादुर थापा
धुनीबेसी नगरपालिका–३  प्रकाश हमालले वडा अध्यक्षमा विजय हासिल गर्नुभएको छ ।

nirbarhan-logo-5906816fe73bb5.03672648नेकपा माओवादी केन्द्रको तर्फबाट
थाक्रे गाउँपालिका–३ मा अमित घले,
बेनिघाट रोराङ गाउँपालिका–१ मा नन्दु तामाङ,
नेत्रावती गाउँपालिका–१ मा चन्द्रबहादुर पल्ली र
नेत्रावती गाउँपालिका–२ मा शिव थापा निर्वाचित भएका हुन् ।
दुई नगरपालिकामध्ये नीलकण्ठ नगरपालिकामा नेपाली काग्रेसका उम्मेद्वार अगाडी हुनुहुन्छ भने धुनीबेसीमा एमालेका उम्मेद्वार अगाडी हुनुहुन्छ ।
मतपरिणम अनुसार ७ गाउँपालिकाको प्रमुखमा एमाले अगाडी रहेको छ ।
माओवादी केन्द्र र नेपाली काग्रेस २/२ स्थानमा अगाडी रहेको छ ।