रुवीभ्यालीको २ वटा वडामा नेकपा एमाले विजयी

749 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ruby-vally-gaunpalika_6r5HWTRfL1धादिङ जिल्लाको रुवीभ्याली गाउँ पालिकाको २ वटा वडामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन । जिल्लाको अति विकटमा रहेको तिप्लिङ, लापा र सेर्तुङ गाविसलाई समेटेर वनाईएको रुवीभ्याली गाउँ पालिकाको १ नम्बर वडामा मेन घले र २ नम्बर वडामा पेमा घले वडा अध्यक्षमा विजयी भएका हुन । रुवीभ्यालीको वडा नम्बर १ मा तिप्लिङ गाविसको ६ देखि ९ र वडा नम्बर २ मा १ देखि ५ नम्बर वडा रहेको छ । नेकपा एमालेले धेरै पछि संगठन निर्माण गरेको तिप्लिङमा स्थानीय तहको निर्वाचनमा आफ्नो झण्डा फहराउन सफल भएको हो ।
कुल ९ हजार ५ सय ६५ जनसंख्या रहेको यस गाउँपालिकामा ५ हजार ८ सय ८५ मतदाता रहेकोमा ४हजार ३ सय ६१ मत खसेको थियो ।रुवीभ्यालीमा अध्यक्ष पदमा नेकपा एमालेबाट जिवन तामाङ,नेपाली काँग्रेसबाट कुलवहादुर गुरुङ, नेकपा मओवादी केन्द्रबाट  रामसिंह तामाङ,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चेरुङ तामाङ र नयाँ शक्ति नेपालबाट इमान तामाङको उम्मेदवारी रहेको छ । यसैगरी उपाध्यक्षमा नेकपा एमालेबाट डिलमाया तामाङ, कांग्रेसबाट खममाया तामाङ, माओवादी केन्द्रबाट  अमृता गुरुङ र राप्रपाबाट बिना लामाको प्रतिष्पर्धा रहेको छ ।