गल्छी गाउँपालिका २ मा एमाले प्यानल विजयी

1110 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

umlगल्छी- धादिङको गल्छी गाउँ पालिका वडा नम्बर २ ( साविकको कल्लेरी गाविसको वडा नम्बर ४,५ र ६) को मत गणना कार्य सम्पन्न भएको छ । पछिल्लो परिणाम अनुसार गल्छी गाउँ पालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।  नेकपा एमालेबाट षडानन्द खनाल वडाअध्यक्षमा १०११ मत ल्याई विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका हरिप्रसाद खतिवडाले ५९९ र नेकपा माओवादी केन्द्रका काजी वज्राचार्यले ६४ र राप्रपाका लोकवहादुर श्रेष्ठले १९ मत पाएका छन ।

दुई वटा वडामा गरि  नेकपा एमालेले अध्यक्षमा १९६७ कांग्रेसले १३३५, माओवादीले ४५ र राप्रपाले १४ मत पाएको छ भने उपाध्यक्षमा एमाले १९७३, कांग्रेसले ६४३,माओवादीले ६९० मत पाएका छन ।
कुल मतदाता २२७१ रहेको यस वडामा १८०२ मत खसेको थियो ।  यस वडामा नेकपा एमालेबाट षडानन्द खनाल, नेपाली काँग्रेसबाट हरिप्रसाद खतिवडा, माओवादी केन्द्रबाट काजी वज्राचार्य र रापप्राबाट लोकबहादुर श्रेष्ठ वडाध्यक्षमा प्रतिष्पर्धा गरेका थिए ।