रुवी भ्याली गाउँपालिका प्रमुखमा राप्रपाका चेरुङ तामाङ विजयी

1591 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Cherung-Bina-Rubibhyaliधादिङ : रुवीभ्याली प्रमुख र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेद्वार विजयी भएका छन् ।धादिङ जिल्लाको सबैभन्दा विकटमा रहेको रुवीभ्याली गाउँ पालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार चेरुङ तामाङ विजयी भएका छन ।रुवीभ्याली गाउँ पालिकाको निर्वाचन जिल्लामा मात्रै होइन राष्ट्रिय स्तरमै चासोको बिषय बनेको थियो । पुर्वगृहमन्त्री एवम राप्रपाका सह अध्यक्ष बुद्धिमान तामाङको जन्मथलो भएका कारण अन्य दलले पनि रुवीभ्यालीको निर्वाचनलाई बिशेष चासो देखाएका थिए ।
साविकको तिप्लिङ सेर्तुङ र लापा गाविस समेटेर बनाईएको रुवीभ्याली गाउँ पालिका वनाईएको हो ।

राप्रपाका उम्मेद्वार चेरुङ तामाङले १४ सय ८४ मत र विना लामाले १४ सय ९ मत ल्याउदै प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी माओवादी केन्द्रका रामसिं तामाङले ९ सय ५३ मत र अमृता तामाङले ९ सय ७२ मत मात्रै प्राप्त गरिन् ।

बडा नं १ र २ मा नेकपा एमालेका उम्मेद्वार मिन घले र पेम्वा घले विजयी भएका छन् । त्यस्तै ३, ४ र ६ मा राप्रपाका उम्मेद्वार क्रमश ः कामीलामा तामाङ, प्रशान्त तामाङ र नरमान गुरुङ विजयी भएका छन् । त्यस्तै वडा नं ५ मा भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार धिरज तामाङ विजयी भएका छन् ।