गजुरीटारका दामोदर १० बर्ष देखि मलेसियामा वेपत्ता

1056 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Damodar-Panditधादिङ जिल्लाको गजुरी बजारबाट झोलुङ्गे पुल तरेपछि पुगिन्छ सिद्धलेक गाउँ पालिका  वडा नम्वर ६ । पहिलेको कुम्पुर गाविस अहिले सिद्धलेक भएको हो । गाउँ उति धेरै बाक्लो छैन । विदेशको कमाईले केहि घरहरुमा आर्थिक लाभ पनि भएको छ । तर यहि गाउँको देवकी पण्डितको घरमा भनें त्यहि बैदेशिक रोजगार मनमा खिल पल्टिएको काँडा जस्तै बनेको छ ।

१८ बर्षको उमेरमा कमाउन भन्दै ऋण गरेर मलेसिया हिंडेका देवकीका जेठा छोरा दामोदर पण्डित झण्डै १० बर्षयता परिवारसँग सम्पर्कमा छैनन । गएको ९ महिनासम्म सम्पर्कमा रहेका उनी त्यसपछि एकाएक उडिरहेको चंगा चुँडिए झैं बेपत्ता भए । गएपछि चार पटक फोन गरेका र केहि पैसा पठाएका दामोदर हराएपछि आमा देवकीलाई पर्नु पिर परेको छ ।देश परदेश डट कमबाट 

हेर्नुहोस् भिडियो