कति टाउको अचानो………./ गजल

1269 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

16864714_1080446518768902_3845874358265050795_n

ति टाउको अचानो, जिब्रो धार बनाए। 
आ-आफ्नोबिच आफैलाई दरार बनाए।

नारीलाई लान्छना तर मर्दको दस भन्ने, 
यो समाजले पनि अनौठो संकार बनाए।

बाच्नै गाह्रो भैसक्यो देशमा सोझाहरुले,
जनतालाई मौरी र कुर्सीलाई घार बनाए।

झोलामा बाइबल र हातमा मुल्यसुचि छ, 
धर्मको नाममा फस्टाउदो ब्यापार बनाए।

हाम्रो देशका नेताहरु असाध्यै बाठा छन्,
गणितीय सुत्र द्वारा दुई तियाँ चार बनाए।

म सानो छदा आँखै अघि मारिए थे कति,
गल्ति बिर्सि नेता उसैलाई बारबार बनाए।

सत्तामा पुगेपछि भत्ताले पुग्दैन खर्च अरे,
भष्टचारीकै कारण देशलाई गद्दार बनाए।

मलाइ प्रवाह छैन कस्ले के गर्दै छ ताकी, 
यहि ज्यादती भुल्न सृष्टिमा प्यार बनाए।

-रश्मि रोदन
सिद्धलेक-1, धादिङ 
हाल- काठमांडौ