धादिङ सञ्चार सहकारीको सम्मान

1251 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङबेसी- धादिङमा कृयाशिल पत्रकारहरुद्धारा संचालित धादिङ सञ्चार सहकारी सँस्थाले  विभिन्न व्यक्ति लाई सम्मान गरेको छ । सँस्थाको छैटौँ वार्षिक साधारण सभाको अवसरमा  सम्मान गरिएको हो ।   सँस्थाकै केहि सञ्चालक सदस्यहरुलाई पनि सम्मान गरिएको धादिङ सञ्चार सहकारी सँस्थाका अध्यक्ष राजेन्द्र बस्नेतले बताउनुभयो  ।

सम्मानित हुनेहरुमा धुनिबेशी नगरपालिकाको उपमेयरमा निर्वाचित कालिदेबी महिला बचत तथा क्रृण सहकारी सँस्थाका अध्यक्ष निरुदेबी खरेल, धुनिबेशी नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित छत्रेदेउराली साना किसान कृषी सहकारी सँस्थाका अध्यक्ष बलराम कुँबर, बेनिघाट रोराङ गाउँपालिका ३ को वडा अध्यक्षमा निर्वाचित ब्राईट फ्युचर सहकारीका अध्यक्ष भुवन त्रिपाठी, ज्वालामुखी  गाउँपालिका ५ को वडा अध्यक्षमा निर्वाचित सँगम बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण प्रसाद काप्री, सिद्धलेक गाउँपालिका २ को वडा अध्यक्षमा निर्वाचित सामुदायिक साना किसान कृषी सहकारी सँस्थाका अध्यक्ष कमल गुरुङ, गँगा जमुना गाउँपालिकाका अध्यक्षमा निर्वाचित चेतनशिल ग्रामिण विद्युत सहकारीका अध्यक्ष बलबहादुर अधिकारी रहेका छन् ।
यसैगरी  सामुदायिक रेडियो प्रसारक सँघ अकोराबको केन्द्रिय अध्यक्षमा निर्वाचित धादिङ सञ्चार सहकारी सँस्थाका सञ्चालक सदस्य सुवास खतिवडा र नेपाल सुचना तथा सञ्चार सहकारी केन्द्रिय सँघको सदस्यमा निर्वाचित धादिङ सञ्चार सहकारी सँस्थाका सञ्चालक सदस्य दिपक कोईराला सम्मान पत्र सहित सम्मानित भएका हुन् ।