हुग्दिखोलामा ट्रक खस्दा तीनजनाको मृत्यु

1236 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Hugdi khola accident dhadingधादिङ, ९ असार : पृथ्वी राजमार्ग अन्तरगत पर्ने धादिङको बेनीघाटरोराङ्ग गाँउपालिका वडा नम्बर–९ सिथ्त हुग्दीखोलामा शुक्रवार विहान ५ वजे तिर भएको सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।
काठमाण्डौबाट मुग्लिन तर्फ जाँदै गरेको ना६ ख ३१२३ नम्वरको ट्रक हुग्दी खोलाको पुलबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा परी ट्रकमा रहेका तीन जनाकै ज्यान गएको हो ।
दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा नुवाकोट जिल्लाका १९ वर्षीय सन्जु राई, पर्सा जिल्ला ठोरीका वर्ष २५को जिवन लामा र बारा जिल्ला सिमाराका ४६ वर्षिय नरबहादर खत्री रहेको प्रहरीले जनाएको छ ।
दुई जनाको घटनास्थलमानै र जिवन लामाको उपचारका लागी अस्पतालमा लग्ने क्रममा मृत्यु भएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।

19247859_1385619428183824_8578215898333979540_n

19366060_1550821191641370_6317123504465048414_n 19399873_1385619344850499_2564450366432063581_n

-तस्बिर सौजन्य : विश्वदिप डल्लाकोटी / जोगिमारा